गान्धीनगर, 15 जुलाई (हि.स.)। भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएचएआई) ले अमृतसर-जामनगर एक्सप्रेस-वे लाई लिएर विशेष घोषणा गरेको छ। भारतमाला प्रोजेक्ट अन्तर्गत महत्वपूर्ण अमृतसर-जामनगर एक्सप्रेस- वे (एनएच-754के) मा साँचौर-सान्तलपुर सेक्शनको पैकेज-4 मा हालमा मरम्मत कार्यको कारण यहाँ 28.71 किलोमीटरको स्ट्रेचमा लागू टोल ट्याक्स (पथ कर) अल्पकालको निम्ति स्थगित गरिएको छ।
एनएचएआईको तर्फबाट जारी बयान अनुसार, 15 जुलाई बिहान 8 बजीदेखि यो लागू हुनेछ। मरम्मतीको निर्धारित कार्य पूरा हुञ्जेलसम्म 28.71 किलोमीटरको स्ट्रेजको टोल नागरिकहरूको लागि फ्री रहनेछ।
राजस्थानको साँचौरदेखि गुजरातको पाटण जिल्लाको सान्तलपुरसम्म 125 किलोमीटरको मार्ग इकोनोमिक कोरिडोर हो। भारतमाला प्रोजेक्टको उद्देश्य देशको उत्तरी क्षेत्रको राज्यहरू-प्रदेशहरूको पूर्वी क्षेत्रहरूको साथ कनेक्टिविटी बढ़ाउनु हो। यस प्रोजेक्टले जामनगर, कन्डला तथा मुन्द्रा जस्ता बन्दरगाहरूदेखि उत्तरी क्षेत्रको राज्यहरू-प्रदेशहरूलाई विभिन्न उत्पादहरूको आयात-निर्यातको वैश्विक सुविधा पनि दिने रणनीतिक आयोजन छ।
हिन्दुस्थान समाचार / भवानी थामी