रायपुर, 15 जुलाई (हि.स.)। प्रवर्तन निदेशालय (ईडी) को टीमले मंगलवार बिहान दुर्ग जिल्लाको दीपक नगरस्थित एक ठूलो व्यापारी, होटल व्यवसायी र सागर होटलका मालिक विजय अग्रवालको बङ्गला र कार्यालयमा छापा मारेको छ। विजय अग्रवालको नाम दुर्ग भिलाई क्षेत्रमा ठूलो व्यापारीमा सामेल छ।
ईडी टीमको साथमा सुरक्षाको लागि केन्द्रिय रिजर्व पुलिस बल (सीआरपीएफ) जवान पनि तैनात छन्। यहॉं तीन गाडीमा बिहान 6 बजी ईडीको टीम पुग्यो, जसमा सीआरपीएफको जवान पनि सामेल थिए।
सागर ग्रुपको भिन्न भिन्नै नामले धेरै फर्म छन्। यस ग्रुपको परिवारसॅंग जोडिएका मानिसहरूले छत्तीसगढमा पूर्व सरकारमा मिड डे मीलको सबैभन्दा ठूलो काम लिएको थियो। यसै परिवारको रायपुरमा एउटा ठूलो होटल कोर्टयार्ड मेरियट पनि छ।
सूत्रहरू अनुसार, रेल नीर घोटालामा पनि यस परिवारका सदस्यहरूमाथि गम्भीर आरोप लागेको थियो। ईडीले यस परिवारको तीन भाईका ठेगानाहरूमा छापा मारेको छ।
ईडीको यस कारबाहीको आधिकारिक कारण अघि आएको छैन, तर यो छापा वित्तीय अनियमितता र संदिग्ध लेनदेनसॅंग सम्बन्ध हुन सक्ने बताइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी