पानीमा जड़ान गरिने सोलर प्लान्टबाट तमिलनाडुले पाँच वर्षमा 16 सय करोड़ रुपियाँ बचाउनसक्छः रिपोर्ट
पानीमा जड़ान गरिने सोलर प्लान्टबाट तमिलनाडुले पाँच वर्षमा 16 सय करोड़ रुपियाँ बचाउनसक्छः रिपोर्ट


चेन्नई, 15 जुलाई (हि.स.)। एक प्रसिद्ध क्लाइमेट थिंक ट्यांकको रिपोर्टबाट थाहा लागे अऩुसार तमिलनाडुले आगामी पाँच वर्षमा फ्लोटिंग सोलर प्लान्ट (पानीमा जड़ान गरिने सोलर प्लान्ट)-लाई अप्नाएर 16 सय करोड़ रुपियाँ बचाउन सक्छ। यस स्टडीबाट पत्तो पाइन्छ, फ्लोटिंग सोलर टेक्नोलजीले राज्यको बिजुली लागतलाई धेरै घटाउन सक्छ।

रिपोर्ट अनुसार फ्लोटिंग सोलर प्लान्टले पानीमा प्रचुर मात्रामा अवस्थित सौर ऊर्जालाई प्रयोग गर्नसक्छ। यसबाट जमीन खरिद गर्ने खर्च बच्छ साथै ऊर्जा बढ़ी प्रभावशाली ढंगमा प्रयोग हुन्छ। थिंक ट्यांकको अनुमान छ, यस टेक्नोलजीलाई प्रयोग गरेर तमिलनाडुले प्रचुर मात्रामा रिन्युएबल एनर्जी (नवीकरणीय ऊर्जा) उत्पन्न गर्नसक्छ जसबाट बिजुली खरिद गर्ने खर्च बच्छ।

रिपोर्टमा फ्लोटिंग सोलर प्लान्टको पर्यावरणीय फाइदाहरूमाथि पनि बल दिइएको छ। यसले ग्रीनहाउस ग्यासहरूको उत्सर्जनलाई घटाउन अनि जलवायु परिवर्तनको प्रभावलाई कम गर्नमा मद्दत गर्नसक्छ। तमिलनाडुको लक्ष्य आफ्नो रिन्यूएबल एनर्जी क्षमतालाई बढ़ाउनु हो जसमा फ्लोटिंग सोलर टेक्नोलजीले महत्वपूर्ण भूमिका निभाउन सक्छ। थिंक ट्यांकले राज्यसरकारसित फ्लोटिंग प्लान्टको विकासलाई प्राथमिकता दिने आग्रह गरेको छ।

यस रिपोर्टको परिणामपछि फ्लोटिंग सोलर टेक्नोलजीमा नयाँ शिराबाट चासो बढ़्ने आशा छ। सम्भावित निवेशक तथा हितधारकहरूले यस क्षेत्रमा लभदायी अवसरहरूमाथि ध्यान दिनेछन्। जति-जति राज्य सरकारले आफ्नो रिन्यूएबल एनर्जी लक्ष्यलाई पूरा उपायहरू खोजिरहेको छ उति-उति नै फ्लोटिंग सोलर प्लान्ट जस्तो नयाँ समाधानहरूलाई अप्नाउनाले तमिलनाडु टिकाऊ ऊर्जा उत्पादनमा एक लिडरको रूपमा उदाउन सक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande