चार वर्षदेखिको बन्द ग्रामीण पुस्तकालयका सयकड़ौं पुस्तकहरू धूलोले पुरिसकेका छन्
चार वर्षदेखिको बन्द ग्रामीण पुस्तकालयका सयकड़ौं पुस्तकहरू धूलोले पुरिसकेका छन्


कुचबिहार, 15 जुलाई (हि.स.)। हल्दीबाड़ी ब्लकको देवानगञ्ज बजार संलग्न क्षेत्रमा अवस्थित देवानगञ्ज सामान्य पुस्तकालय विगत चार वर्षदेखिको बन्द अवस्थामा छ। पुस्तकालयमा राखिएका सयकड़ौं पुस्तकहरू अब धूलोले पुरिसकेका छन् भने स्थानीय पाठकहरू पढ़्नदेखि वञ्चित भइरहेका छन्। स्थानीय मानिसहरूको आरोप छ, पुस्तकालयमा लाइब्रेरियन नियुक्त गरिएको भए पनि तिनी नियमित रूपमा आउँदैनन्।

स्थानीय सूत्र अनुसार यो ग्रामीण पुस्तकालय वर्ष 1961- मा हल्दीबाड़ी ब्लकको देवानगञ्ज ग्राम पञ्चायत अन्तर्गत 16 नम्बर जंगलबस क्षेत्रमा स्थापना गरिएको थियो। पुस्तकालयमा तीन हजारभन्दा अधिक पुस्तकहरू छन्।

रेकर्ड अनुसार 240 भन्दा अधिक पञ्जीकृत पाठक छन्। देवानगञ्ज मात्र नभएर हेमकुमारी र परमेखलिगञ्ज ग्राम पञ्चायतका मानिसहरूले समेत यस पुस्तकालयलाई प्रयोग गर्दथे। तर वर्ष 2021-देखि यस पुस्तकालयमा लाइब्रेरियन नै आउन छाड़े जसले गर्दा पुस्कहरूको अवस्था बेहाल भएको छ। कलेज छात्र पप्पू राय पाटवारीले भने, पहिला म नियमित रूपमा पुस्तकालय जान्थेँ, तर अहिले बाध्यतावश म्यागजिन मोबाइलमै पढ़्छु।

नोकरीको तयारीमा जुटेका मृणालकान्ति रायले बताए, पुस्तकालयमा अब न त पुस्तकहरू आउँछन् न त प्रतियोगी परीक्षाहरूसित सम्बन्धित पुस्तकहरू नै उपलब्ध हुन्छ। देवानगञ्ज पुस्तकालयका लाइब्रेरियन सुभ्रत सरकारले आफ्नो स्थिति स्पष्ट पार्दै भने, म दुई-तीनवटा पुस्तकालहरू सम्हाल्छु। मेरो घर देवानगञ्जदेखि लगभग 90 किलोमीटर टाड़ामा अवस्थित छ तथापि म कहिले-काहीँ पुस्तकालयमा आउँछु।

यस मामिलामा कुचबिहार जिल्ला पुस्तकालय अधिकारी शिवनाथ देले बताए, देवानगञ्ज पुस्तकालयको लागि नयाँ भवनको निर्माण कार्य भइरहेको छ। यो निर्माण कार्य पूरा हुनसाथ पुस्तकालय पुनः खोलिनेछ। सुभ्रत बाबू कहिले-काहीँ पुस्तकालमा जान्छन्।

स्थानीय मानिसहरूको माग छ, पुस्तकालयलाई चाँड़ै शुरू गरियोस् अनि नियमित रूपमा लाइब्रेरियनको उपस्थिति सुनिश्चित होस् ताकि ग्रामीण क्षेत्रका विद्यार्थी अनि पाठकवर्गले पुनः ज्ञानार्जन गर्न सकुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande