लखनऊमा सात वर्षीय बालिकाको हत्या, पत्नीले पतिमाथि लगाइन् आरोप
लखनऊमा सात वर्षीय बालिकाको हत्या, पत्नीले पतिमाथि लगाइन् आरोप


लखनऊ, 15 जुलाई (हि.स.)। कैसरबाग थाना क्षेत्रमा सोमवार अबेर राति सात वर्षीय बालिकाको संदिग्ध परिस्थितिमा हत्या गरियो। पत्नीले यसको आरोप पतिमाथि लगाएकी छन्। जबकि पतिको भनाई छ, उसलाई फंसाउन षड़यन्त्र अन्तर्गत पत्नीले हत्या गरेकी हुन्। पुलिस मामिलाको जाँचमा जुटेको छ।

पुलिस उपायुक्त पश्चिमी विश्वजीत श्रीवास्तवले मंगलवार बताए, कैसरबाग स्थित खन्दारी बजार निवासी रोशनी खानले पुलिस कन्ट्रोल रूपममा सूचना दिइन्। उसले बताइन्, उसका पति शाहरूख खानले सात वर्षीय छोरीको हत्या गरेको छ। सूचना पाएर कैसरबाग थाना प्रभारी अंजनी कुमार मिश्रा, पुलिस फोर्स र फोरेन्सिक टीमको साथ घटनास्थलमा पुगे।

महिलाको आरोपको आधारमा पुलिसले पति शाहरूखलाई हिरासतमा लिएको छ। सोधपुछमा उसले पुलिसलाई बतायो, उसको बिहे भएको आठ वर्ष भइसकेको छ। उसको एक सात वर्षीय छोरी थिइ। पत्नी रोशनीले उसलाई छोड़ेर प्रेमी उदित जायसवालसित बस्न थालेकी थिइ। सोमवार राति उ आफ्नो छोरीलाई भेट्न आएको थियो। सोही अवधि पत्नी रोशनीसित उसको बहस भयो। उसलाई फंसाउन नै पत्नीले षड़यन्त्र अन्तर्गत छोरीको हत्या गराइन् औं आरोप उमाथि खनाइन्।

पुलिस उपायुक्त पश्चिमीले बताए, बालिकाको शवलाई पोस्टमार्टमको निम्ति पठाएर मामिलाको जाँच गरिँदैछ। दम्पत्ति समेत अन्यलाई हिरासतमा लिएर सोधपुछ गरिँदैछ। पोस्टमार्टम रिपोर्ट र जाँचको आधारमा अघिको कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande