मुम्बई, 15 जुलाई (हि.स.)। हिन्दी फिल्म इन्डस्ट्रीबाट एक अत्यन्तै दुःखद खबर अघि आएको छ। दिग्गज अभिनेता एवं निर्माता धीरज कुमारको निधन भएको छ। उनले मंगलवार बिहान 79 वर्षको आयुमा अन्तिम सास लिए। उनको निधनको खबरले हिन्दी सिनेमा जगतमा शोकको लहर दौड़ेको छ। प्रशंसक र फिल्मी जगतसित जोड़िएका मानिसहरूले उनलाई सोशल मीडियामा श्रद्धाञ्जलि अर्पित गरिरहेका छन्।
जानकारी अनुसार, अभिनेता एवं निर्माता धीरज कुमारको अस्पतालमा भर्ती भएको पुष्टि उनको परिवार र प्रोडक्शन टीमले गरेको थियो। उनी गत केही समयदेखि गम्भीर रूपमा बिरामी थिए औं मुम्बईको कोकिलाबेन अस्पतालमा उनको उपचार भइऱहेको थियो। उनलाई एक दिन अघि मात्र निमोनियाको शिकायतपछि अस्पतालमा भर्ती गराइएको थियो, जहाँ उनलाई वेन्टिलेटर सपोर्टमा राखियो। परिवारले यस अवधि मानसिहरूसित उनी शीघ्र स्वस्थ हुने प्रार्थना गर्ने अपील गरेको थियो औं साथै आग्रह गरेको थियो कि यस कठिन समयमा उनको निजताको सम्मान गरियोस्। जीवन-मृत्युको यस लड़ाईमा अन्ततः धीरज कुमार हारे औं उनले अन्तिम सास लिए। यस सम्बन्धमा अहिलेसम्म उनको परिवारको तर्फबाट कुनै आधिकारिक बयान आएको छैन तर उनको निधनको खबरले पूरा बलीवुड शोकमा डूबेको छ। फ्यान्सले उनलाई सोशल मीडियामा याद गरिरहेका छन् र आफ्नो समवेदना व्यक्त गरिरहेका छन्। धीरज कुमारको यो असमय बिदाई फिल्म इन्डस्ट्रीको निम्ति एक ठूलो क्षति हो।
धीरज कुमारको फिल्मी करियर
धीरज कुमारको करियरमाथि नजर घुमाउँदा उनले वर्ष 1970 र 80 को दशकमा हिन्दी सिनेमामा आफ्नो खास पहिचान बनाए। यस अवधि उनले धेरै चर्चित फिल्महरूमा अहम भूमिका निभाए। 'रोटी कपड़ा और मकान' (1974) जस्ता क्लासिक फिल्ममा उनले सहायक भूमिका निभाएका थिए, जसमा उनी मनोज कुमार र जीनत अमान जस्ता दिग्गज कलाकारहरूको साथ नजर आएका थिए। यस बाहेक उनले 'स्वामी', 'क्रान्ति' र 'हीरा पन्ना' जस्ता फिल्महरूमा पनि शानदार अभिनय गरे। हिन्दी फिल्महरूका साथै उनले पञ्जाबी सिनेमामा पनि लीड एक्टरको रूपमा काम गरे औं आफ्नो अभिनयको बुतामा त्यहाँपनि लोकप्रियता हासिल गरे। आफ्नो लामो करियरमा उनले फिल्म जगतका धेरै ठूला सिताराहरूको साथ स्क्रीन साझा गरे औं अभिनय जगतमा आफ्नो एक फाल्टै छाप छोड़े।
फिल्महरूको साथै उनले सानो पर्दामा पनि आफ्नो खास पहिचान बनाए। उनले आफ्नो प्रोडक्शन कम्पनी क्रिएटिव आई लिमिटेडको माध्यमले धेरै यादगार र लामो समयसम्म चल्ने टीवी शोज़को निर्माण गरे। खासगरी पौराणिक र भक्ति आधारित धारावाहिकहरूमा उनको योगदान उल्लेखनीय रहेको छ। उनको ब्यानर अन्तर्गत 'ओम नमः शिवाय', 'श्री गणेश', 'जय संतोषी मां' र 'जप तप व्रत' जस्ता लोकप्रिय धारावाहिक बनाइयो, जसलाई दर्शकहरूले खूबै मन पराए औं लामो समयसम्म टीवीमा प्रसारित भइऱहे। धीरज कुमारको यो योगदान भारतीय टेलीविजन इतिहासमा एक अहम अध्यायको रूपमा याद गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी