स्कूलहरूमा अर्द्धवृत्ताकार बस्ने पद्धति लागू गर्नु समस्या समाधान होइनः शिक्षाविद्
स्कूलहरूमा अर्द्धवृत्ताकार बस्ने पद्धति लागू गर्नु समस्या समाधान होइनः शिक्षाविद्


कोलकाता, 15 जुलाई (हि.स.)। शिक्षा व्यवस्थामा सुधार गर्ने नाममा विद्यालयहरूमा अर्द्ध वृत्ताकार बस्ने पद्धतिलाई द्रूत गतिमालागू गर्ने पहल गरिँदैछ। दाबी छ, यस व्यवस्थाबाट पछिल्लो बेञ्चको हीन भावना समाप्त हुनेछ र सबै विद्यार्थीहरू शिक्षकको नजिकमा बसेर समान रूपमा लाभान्वित हुनेछन्।

यद्यपि शिक्षाविद् एवं शिक्षामाथि गम्भीर दृष्टिकोण राख्ने मानिसहरूको मान्यता छ, बस्ने बनावटीबाट मात्र शिक्षाको गुणस्तरमा सुधार आउनेछैन, जबसम्म मूल कमी-कमजोरीहरूमाथि काम गरिँदैन।

हुगली जिल्लाको प्रतिष्ठित हिन्दी विद्यालय रिषड़ा विद्यापीठ हाई स्कूलका प्रधान शिक्षक औ जिल्लाका प्रख्यात शिक्षाविद् प्रमोद कुमार तिवारीको भनाइ छ, शिक्षा कुनै एकरेखीय प्रक्रिया होइन। यसको सफलता धेरैवटा कारकहरूमाथि निर्भर गर्दछ जस्तै विद्यार्थीहरूको रूचि, संशाधनहरूको उपलब्धता, शिक्षकहरूको योग्यता, पाठ्यक्रमको संरचना एवं मूल्यांकन प्रणाली।

वर्तमानमा 30 वटाभन्दा अधिक शिक्षण विधिहरूको प्रयोग विश्वभरि नै भइरहेको छ जस्तै मन्टेसरी, डाल्टन, खोज पद्धति, वैज्ञानिक विधि, सम्वाद विधि इत्यादि। यदि कुनै एउटा पद्धति पूर्ण भएको भए यतिधेरै विधिहरूको जन्म नै हुँदैन थियो।

तिवारीको मान्यता छ, शिक्षालाई संवेदनशीलता, रूचि-आधारित मार्गदर्शन एवं शिक्षकको प्रेरक उपस्थितिको आवश्यकता छ, 'कस्मेटिक परिवर्तन'- होइन। उनले प्रश्न उठाए, के अर्द्ध वृतमा बस्नाले मात्र किताबहरूको गुणस्तर वा शिक्षकको तयारी फेरिनेछ र? उनको भनाइ छ, बाल-बालिकाहरूलाई उनीहरूको स्वभाविक कौशल अनुरूप दिशा दिन आवश्यक छ, फर्नीचर र बस्ने शैलीमा परिवर्तन गर्नु होइन।

प्रख्यात क्रिकेटर सचिन तेन्दुलकरको उदाहरण दिँदै उनले भने, यदि उनलाई अर्द्ध वृतमा बसाएर पढ़ाएको भए के उनी शिक्षाविद् बन्ने थिए? उनले यो पनि थपे, फिल्ममा देखाइने भावनात्मक एवं आदर्श शिक्षण स्थिति वास्तविकताभन्दा टाड़ा हुन्छ। शिक्षा व्यवस्थालाई सुधार्नको लागि धरातलीय प्रयास, नीतिगत दृढ़ता एवं व्यवहारिक बुझाईको खांचो पर्छ। उनले व्यंग्य कस्दै भने, “पान मसालाको प्रचार यदि अमिताभ बच्चनले नै गरे पनि त्यो अमृत बन्न सक्दैन।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande