कोलकाता, 15 जुलाई (हि.स.)। पश्चिम बंगाल सरकारले टिटागढ़ रेल सिस्टम्स लिमिटेड (टीआरएसएल)- लाई उसको वर्तमान संयन्त्र विस्तार गर्नको लागि 40 एकड़ जमीन आवन्टन गर्ने निर्णय लिएको छ। राज्य सचिवालयका एकजना अधिकारीले मंगलवार बिहान यस आशयको जानकारी गराए। उनले बताए, चाँड़ै नै जमीन आवन्टनको प्रक्रिया शुरू गरिँदैछ, किनभने मुख्यमन्त्री ममता ब्यनर्जीले सोझै यो निर्देश दिएकी छन्।
टीआरएसएललाई यो जमीन हुगली जिल्लाको कोननगर अनि भद्रेश्वर मौजा क्षेत्रस्थित उसको वर्तमान 34 एकड़ संयन्त्रको छेवैमा दिइँदैछ। सरकारले यस जमीनलाई 99 वर्षको लीजमा 126 करोड़ रुपियाँमा दिनेछ।
अधिकारीले यो पनि भने, जमीन आवन्टनको प्रक्रिया पूरा गर्नको लागि कागजी कारबाही शुरू गरिएको छ। केन्द्र सरकारको रेल मन्त्रालयलाई पनि यस बारेमा जानकारी गराइँदैछ कि राज्य सरकारले जमीन आवन्टनको प्रक्रिया शुरू गरिरहेको छ। यसको लागि रेल मन्त्रालयबाट आवेदन आएको थियो जसमाथि यो निर्णय लिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा