प्रयागराज, 15 जुलाई (हि.स.)। मेजा थाना पुलिस टीमका प्रभावी वकालतको कारण हत्या मामिलाको आरोपीलाई न्यायालयले सोमवार साझँ आजीवन कारावास र पचास हजार रूपियाँको जरिमानाले दण्डित गरेको छ। यो जानकारी मंगलवार पुलिस उपायुक्त यमुनानगर विवेक चन्द्र यादवले दिए।
उनले बताए, मेजा थानामा 22 अगस्त 2022 मा मेजाको इसौटा गाउँ निवासी रामधनी पुत्र शिवचरन विरूद्ध हत्याको मामिला दर्ता गरिएको थियो। वादीले आरोप लगाएको थियो, उसको भाईको डूबाएर हत्या गरियो। यस मामिलामा अभियुक्त विरूद्ध 24 सेप्टेम्बर 2022 म आरोप पत्र न्यायालयमा दर्ता गरियो। अपरेशन कनविक्शन अन्तर्गत मेजा पुलिस टीमले धारा 302, 34 भारतीय दण्ड विधानको अभियुक्तको दोष सिद्ध गर्नमा सफल रह्यो।
अभियोजन विभागसित समन्वय स्थापित गरी समयबद्ध तरीकाले साक्षीहरूको साक्ष्य गराएर प्रभावी वकातलको फलस्वरूप सोमवार 14 जुलाई 2025 मा न्यायालय विशेष न्यायाधीश पोक्सो एक्ट कक्ष संख्या 3 प्रयागराजले रामधनी पुत्र शिवचरनलाई धारा 302 भारतीय दण्ड विधानमा आजीवन कारावास एवं 50,000 रूपियाँको अर्थदण्डले दण्डित गऱ्यो।
हिन्दुस्थान समाचार / भवानी थामी