नाबालिगसित दुष्कर्मको आरोपमा युवक पक्राउ
नाबालिगसित दुष्कर्मको आरोपमा युवक पक्राउ


सिलगढ़ी, 15 जुलाई (हि.स.)। नाबालिग केटीसित दुष्कर्मको प्रय़ास गरेको आरोपमा छिमेकी युवकलाई पक्राउ गरिएको छ। आरोपीको नाम विकास बिरजा बताइएको छ। यस घटनाले खोरीबाड़ी क्षेत्रमा खैलाबैला मच्चेको छ।

आरोप छ कि आरोपी विकास बिरजाले आइतवार राति नाबालिग केटीलाई एक्लो पाएर उसको साथ दुष्कर्म गर्ने प्रयास गऱ्यो।

यद्यपि, केटीले हल्ला गरेपछि आरोपी घटनास्थलबाट भाग्यो। जब पूरा घटनाको जानकारी परिवारले पायो तब परिवारले सोमवार खोरीबाड़ी थानामा लिखित शिकायत दर्ता गरायो। जसपछि पुलिसले जाँचपछि आरोपीलाई अबेर राति पक्राउ गऱ्यो। खोरीबाड़ी थाना पुलिसले आरोपी विरूद्ध पोक्सो एक्ट अन्तर्गत मामिला दर्ता गरी अघिको कारबाही शुरू गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande