नशामा धुत पतिले पत्नीको हत्या गऱ्यो
नशामा धुत पतिले पत्नीको हत्या गऱ्यो


अमेठी, 15 जुलाई (हि.स.)। जिल्लाको शुकुल बजार थाना क्षेत्र अन्तर्गत पूरे नजर अली गाउँमा हिजो राति कुनै कुरालाई लिएर पति-पत्नीमा विवाद भयो। यसपछि पतिले पत्नीको हत्या गरिदियो। सूचना पाएपछि घटनास्थलमा पुगेको पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पञ्चायतनामा भर्दै पोस्टमार्टमको निम्ति पठाएको छ।

पूरे नजर अली गाउँ निवासी राजकुमार गौतम र उसकी पत्नी प्रेमलताबीच सोमवार राति कुनै कुरालाई लिएऱ भनावैरी भयो। जसमा दुईबीच कुटपिट पनि शुरू भयो र सोही समय राजकुमारले आफ्नो पत्नीमाथि कुनै वस्तुले प्रहार गऱ्यो। परिजनले तुरन्तै प्रेमलतालाई लिएर सामुदायिक स्वास्थ्य केन्द्र शुकुल बजार पुगे। जहाँ उपचार भइऱहेको समय प्रेमलता (40) को मृत्यु भयो। उसका पाँच जना नानी छन्, जसमध्ये दुईको बिहे भइसकेको छ। एक जना नानी सानो छ।

बाजार शुकुलका थानाध्यक्ष अभिनेष कुमारले बताए, सूचना पाउनसाथ तत्काल घटनास्थलमा पुगेको पुलिसले शवलाई कब्जामा लिएर पञ्चायतनामा भरेर पोस्टमार्टमको निम्ति पठाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande