नियुक्ति घोटालाः दक्षिण दमदम र बराहनगर नगरपालिकाका 89 वटा नियुक्ति फाइलहरू बेपत्ता, सीबीआईले गरिरहेको छ जाँच
नियुक्ति घोटालाः दक्षिण दमदम र बराहनगर नगरपालिकाका 89 वटा नियुक्ति फाइलहरू बेपत्ता, सीबीआईले गरिरहेको छ जाँच


कोलकाता, 15 जुलाई (हि.स.)। पश्चिम बंगालको नगरपालिका नियुक्तिमा भएको घोटालाको जाँच गरिरहेको केन्द्रिय जाँच ब्युरो (सीबीआई)-ले अब दक्षिण दमदम र बराहनगर नगरपालिकामा फोकस गरिरहेको छ। सीबीआई अधिकारीहरू अनुसार यी दुवै नगरपालिकाका 89 वटा नियुक्ति फाइलहरू हराएका छन्।

जाँच एजेन्सी मुताविक दक्षिण दमदम नगरपालिकाका अधिकारीहरूले भनेका छन्, त्यसताक चेयरम्यान रहेका पाचु रायले नै यी मामिलाहरूको बारेमा जानकारी दिन सक्नेछन्। तथापि मंगलवार पाचु रायसित सम्पर्क गर्दा उनले ‘यस नियुक्तिसित आफ्नो कुनै सम्बन्ध रहेको’- कुरालाई पूर्ण रूपले खारेज गर्दै भने, “यी सबैकुरा धेरैअघि भएको हो। अब केही याद छैन। वर्तमानमा जो जिम्मेवार छ उसैले भन्नसक्छ।” बराहनगर नगरपालिकाका अधिकारीहरूले पनि सीबीआईको प्रश्नको जवाफमा भने, उनीहरूलाई यस सम्बन्धमा केही जानकारी छैन।

स्मरण गराइन्छ, राज्यका केही नगरपालिकाहरूमा कथित रूपमा पैसा लिएर अयोग्य उम्मेद्वारहरूलाई नियुक्ति गरिएको आरोप उठेको थियो। त्यसपछि सीबीआईले राज्यभरि नै यस भर्ती घोटालाको जाँच गऱ्यो। विशेष गरी उत्तर 24 परगना जिल्लाका नगरपालिकाहरूमा व्यापक अनियमितता पाइएको थियो।

अब जाँच एजेन्सीको हातमा कुनै महत्वपूर्ण दस्तावेज नपरेपछि एजेन्सीले सम्बन्धित अधिकारीहरूसित जाँचबुझ गरिरहेको छ। सीबीआईले सन्देह व्यक्त गरेको छ, यी फाइलहरू हराउनुको पछाड़ि कुनै संगठित प्रयास हुनसक्छ। हाल जाँच जारी छ र आगामी दिनमा अन्य अधिकारीहरूसित पनि जाँचबुझ गर्न सकिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande