बेजिङ, 15 जुलाई (हि.स.)। विदेश मन्त्री डा. एस जयशंकरले मंगलवार चीनका राष्ट्रपति शी जिनपिङसित शिष्टाचार भेट गरे औं राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना प्रेषित गरे।
डा. जयशंकरले शंघाई सहयोग संगठन (एससीओ) का सदस्य देशहरूका विदेश मन्त्रीहरूको साथ चीनी राष्ट्रपतिलाई भेटे। उनले राष्ट्रपति शी जिनपिङलाई राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश प्रेषित गरे। यसका साथै द्विपक्षीय सम्बन्धहरूको प्रगतिबारे अवगत गराए।
विदेश मन्त्रीले एक्समा यससित सम्बन्धित तस्वीर पनि साझा गरे। उनले भने, उनले राष्ट्रपति शीलाई हाम्रो द्विपक्षीय सम्बन्धहरूमा हालमा भएको प्रगतिसित अवगत गराए।
विदेश मन्त्री चीनको तियानजिनमा हुने एससीओ विदेश मन्त्रीहरूको बैठकमा भाग लिन यहाँको यात्रामा छन्। हिजो उनले आफ्ना चीनी समकक्षको साथ वार्ता गरेका थिए। यसमा उनले द्विपक्षीय सम्बन्धहरूमा हालको सकारात्मक प्रगतिलाई बनाई राख्ने र सीमावर्ती मुद्दाहरूको समाधानको आवश्यकतामाथि बल दिएका थिए। उनले भनेका थिए, हामीले आफ्नो सम्बन्धहरूप्रति एक दूरदर्शी दृष्टिकोण अपनाउनु र रणनीतिक संवादलाई नियमित गर्नु आवश्यक छ।
हिन्दुस्थान समाचार / भवानी थामी