शहीद दिवस ऱ्याली पूर्व वर्षा अनि पार्किङ कोलकाता पुलिसको चुनौती बन्यो
शहीद दिवस ऱ्याली पूर्व वर्षा अनि पार्किङ कोलकाता पुलिसको चुनौती बन्यो


कोलकाता, 15 जुलाई (हि.स.)। तृणमूल कंग्रेसको सबैभन्दा महत्वपूर्ण राजनीतिक ऱ्याली आगामी 21 जुलाई, ‘शहीद दिवस’-लाई केन्द्र गर्दै तयारी द्रूत गतिमा भइरहेको छ। यसपालि यो ऱ्यालीले विशेष महत्व राख्दछ, किनभने यो आगामी वर्ष 2026-को विधानसभापूर्वको अन्तिम शहीद दिवस ऱ्याली हो।

यसलाई ध्यानमा राख्दै पार्टीले यसलाई एक भव्य आयोजन बनाउने योजनामाथि काम गरिरहेको छ। मंगलवार कोलकाताको भिक्टोरिया हाउस सामु ऱ्यालीको लागि मञ्च निर्माणको शुरूआत पारम्परिक ‘खूंटी पूजा’-बाट भयो जसमा तृममूलका शीर्ष नेताहरू उपस्थित थिए।

मुख्यमन्त्री ममता ब्यनर्जीले पहिला नै यो भनिसकेकी छन्, आगामी 21 जुलाई र वर्षाको पुरानो सम्बन्ध छ। प्रत्येक वर्ष सरह यस वर्ष पनि मौसम विभागले 21 जुलाईमा सामान्यदेखि मध्यम वर्षा हुने सम्भावना व्यक्त गरेको छ। त्यसैले पार्टी र पुलिस प्रशासन दुवै समक्ष ठूलो चुनौती उत्पन्न भएको छ।

मौसम विभागले आगामी सात दिनसम्म बंगालमा अस्थिर मौसम तथा भारी वर्षाको पूर्वानुमान व्यक्त गरेको छ। कोलकाताका केही सड़कहरू पहिलाबाटै जलभराउबाट प्रभावित भएका छन्। आयोजन स्थल मैदानमा पनि हिलो तथा पानी भरिसकेको छ जसले ऱ्यालीमा सामेल हुने हजारौं समर्थकहरूका वाहनहरूको पार्किंगको निम्ति संकट उत्पन्न गरिरहेको छ।

पारम्परिक रूपमा शहीद दिवस ऱ्यालीमा भाग लिनका लागि सुदूरवर्ती जिल्लाहरूबाट हजारौं कार्यकर्ता अनि समर्थकहरू आउँछन्। उनीहरूकावाहनहरूलाई आम रूपमा मैदानमा पार्किंग गरिन्छ, तर यसपालि यहाँ जलजमाउ र हिलोकोले गर्दा पार्किंगको कुनै व्यवस्था शुरू गरिएको छैन।

लालबजार ट्राफिक विभाग यो समस्या समाधान गर्ने दिशआमा जुटेको छ। जानकारी अनुसार एपीसी रोड, बड़ा बजार, पोस्ता, आशुतोष मुखर्जी रोज, श्यामा प्रसाद मुखर्जी रोड तथा जवाहरलाल नेहरू रोड जस्ता क्षेत्रहरूमा वैकल्पिक पार्किंगको योजना बनाउनेमाथि विचार भइरहेको छ।

प्रशासनिक सुगमताको लागि 20 जुलाईको रतीदेखि नै शहरमा मालवाहक वाहनहरूको आवागमनलाई बन्द राखिनेछ जसबाट ट्राफिक दबाव केही हदसम्म कम हुन सकोस्।

यसबीच ‘अल इण्डिया लयर्स यूनियन’-ले कोलकाता हाईकोर्टमा याचिका दर्ता गरी यो माग गरेको छ, आगामी 21 जुलाईमा हुने आयोजन अवधि आम जनतालाई कुनै प्रकारको असुविधा नहोस्। अदालतले स्पष्ट पारेको छ, आमजनको सुविधा सुनिश्चित गर्नु पुलिसको जिम्मेवारी हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande