शिमलामा एक अज्ञात व्यक्तिको शव भेटियो, हत्याको आशंका
murder (representational picture)


शिमला, 15 जुलाई (हि.स.)। शिमला जिल्लाको ठियोग थाना क्षेत्रमा एक अज्ञात व्यक्तिको हत्याको मामिला प्रकाशमा आएको छ। आरोपी (हरू) ले शव बाटोमा फ्यॉंकेर भागेका छन्। पुलिसले यस मामिलामा हत्याको प्राथमिकी दर्ता गरेर जॉंच शुरू गरेको छ।

प्राप्त जानकारी अनुसार, दुई जना मजदूरले शव बाटोमा देखेका थिए। उनीहरू महोरीतिर गइरहेका थिए। मृत व्यक्तिको पहिचान हुन सकेको छैन। उनी मूल रूपमा नेपाल नागरिक हुन सक्ने सम्भावना व्यक्त गरिएको छ। स्थानीय ग्राम प्रधानको माध्यमद्वारा घटनाको जानकारी पुलिसलाई दिइयो।

ठियोगका डीएसपी सिद्धार्थ शर्माले मामिलाको पुष्टि गर्दै मंगलवार भने, यस सम्बन्धमा भारतीय न्याय संहिताको धारा 103 अन्तर्गत मामिला दर्ता गरिएको छ। डीएसपीले प्रारम्भिक जॉंचमा मृतकको हत्या गरिएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।

ठियोग पुलिस थानाका एसएचओको अगुवाईमा पुलिस टीमले घटनास्थलको निरीक्षण गरेको छ। शव पोस्टमार्टमको लागि अस्पताल पठाइएको छ। शवको पहिचान गर्ने प्रयास गरिॅंदैछ। डीएसपी शर्माले मामिलाको गहन जॉंच चलिरहेको बताएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande