किशोरीको साथ अश्लील व्यवहार गरेको मामिलामा छिमेकी पक्राउ
किशोरीको साथ अश्लील व्यवहार गरेको मामिलामा छिमेकी पक्राउ


सिलगढ़ी, 15 जुलाई (हि.स.)। सिलगढ़ीको उत्तरायण टाउनशिप क्षेत्रमा एक 16 वर्षीय किशोरीको साथ अश्लील व्यवहार गर्ने आरोपी प्रमोद शर्मालाई पुलिसले मंगलवार पक्राउ गरेको छ। आरोपी छिमेकी बताइएको छ। पीड़ित परिवार कोलकातादेखि केही दिनअघि मात्र सिलगढ़ीमा बस्न आएको छ।

पीड़ित परिवारको तर्फबाट बताइयो, सोमवार साझँ केही किन्न किशोरीकी आमा बजार गएकी थिइन्। यस अवधि घरमा किशोरी र उसका पिता थिए। तब घरमा छिमेकी प्रमोद आइपुग्यो। यसबीच किशोरीलाई घरमा छोड़ेर उसका पितापनि बजारबाट पत्नीलाई ल्याउन गए। यसको फायदा उठाएर प्रमोद शर्माले किशोरीको साथ अश्लील व्यवहार गरेको आरोप छ। जसको किशोरीले पनि विरोध गरिन् तर आरोपीले उसलाई डरायो र धम्कायो।

जब बजारबाट किशोरीका माता-पिता फर्के तबसम्म आरोपी भागिसकेको थियो। पछि किशोरीले परिजनलाई उसको साथ भएको घटना बताइन्। जसपछि पीड़ित परिवारको तर्फबाट माटीगढ़ थानामा छिमेकी विरूद्ध लिखितमा शिकायत दर्ता गराइयो। जसको आधारमा माटीगढ़ थाना पुलिसले आरोपी छिमेकीलाई पक्राउ गऱ्यो। माटीगढ़ थाना पुलिस अघिको कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande