कोलकाता, 15 जुलाई (हि. स.)। तृणमूल कंग्रेस नेता रज्जाक खाँको हत्याको मामिलामा पुलिसले थप अर्को आरोपीलाई गए सोमवार राति हसनाबादको सदरपुर क्षेत्रबाट हिरासतमा लियो। आरोपीको नाम रफिकुल खान हो जो दक्षिण 24 परगना जिल्ला अन्तर्गत चकमरिया गाउँका निवासी हुन्। यस मामिलामा अहिलेसम्ममा पक्रा पर्ने आरोपीहरूको संख्या पुगेको छ पाँच। यसपूर्व आइतवार पुलिसले मामिलाका मुख्य षड़यन्त्रकारी मोफज्जल मोल्लालाई पक्राउ गरेको थियो।
पुलिस सूत्र अनुसार रफिकुल यस हत्याकाण्डको षड़यन्त्रमा शुरूबाटै सामेल थिए। भनिन्छ, घटनाभन्दा लगभग 15 दिन अगाड़ि नै रज्जाकलाई बाटोबाट हटाउने योजना बनाइएको थियो, तर तिनीहरू सफल हुन सकेनन्। पुनः षड़यन्त्र रचेर सुनसान स्थानमा रज्जाकको हत्या गरियो।
उल्लेखनीय छ, घटना घटेको दिनदेखि नै क्यानिंगका पूर्व तृणमूल विधायक शौकत मोल्लाले यस हत्याको पछाड़ि इण्डियन सेक्लुयर फ्रण्टको हात रहेको आरोप लगाउँदै आइरहेका थिए। सोमवार पक्रा पर्ने आरोपी अजहरूद्दीन मोल्ला पहिला आईएसएफसित आवद्ध थिए। तर पछि शौकत मोल्लाको माध्यमबाट तृणमूलमा सामेल भएका थिए। पुलिसले मामिलाको जाँच गर्ने क्रममा अन्य आरोपीहरूलाई पनि खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा