नाबालिकसित दुष्कर्म गरी भागेको आरोपीलाई हिमाचलबाट पक्राउ गरियो
नाबालिकसित दुष्कर्म गरी भागेको आरोपीलाई हिमाचलबाट पक्राउ गरियो


हरिद्वार, 16 जुलाई (हि.स.)। नाबालिकसित दुष्कर्म गरी भागेको आरोपीलाई पुलिसले हिमाचल प्रदेशको कांगड़ाबाट पक्राउ गरेको छ।

पुलिस सूत्रले बताए मुताविक जिल्लाको लक्सर कोतवाली क्षेत्र निवासी एकजना महिलाले गत 27 मईको दिन पुलिसमा सिकायत दर्ता गरी आफ्नै गाउँको जगवीर उपनाम गुड्डुमाथि आफ्नो नाबालिक पुत्रसित दुष्कर्म गरेको आरोप लगाउँदै मुद्दा दर्ता गराएकी थिइन्। घटनापछि आरोपी भागेको थियो र पक्राउदेखि बच्नको लागि निरन्तर ठाउँ परिवर्तन गरिरहेको थियो। आरोपी भागेको कारणले न्यायालयले वारण्ट पनि जारी गरेको थियो।

आरोपीलाई पक्राउ गर्नको लागि पुलिसले केही टीमहरू गठन गऱ्यो अनि सम्भावित स्थानहरूमा छापा माऱ्यो, तर आरोपीलाई पक्राउ गर्न सकिएन। आरोपीलाई पक्राउ गर्नको लागि पुलिसले सुराकीहरूलाई पनि सक्रिय बनायो। यसै क्रममा आरोपीलाई हिमाचल प्रदेशको कांगड़ाबाट पक्राउ गरियो। पक्राउपछि पुलिसले आरोपीलाई हरिद्वारमा ल्यायो अनि विधिक कारबाही गर्दै उसलाई चलान गरिदियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande