जम्मू, 16 जुलाई (हि.स.)। बुधवार जम्मूबाट 6,064 जना तिर्थयात्रीहरूको अर्को झुण्ड अमरनाथ यात्राको लागि कश्रमीर तर्फ प्रस्थान भयो। सम्बन्धित अधिकारीले बताए, 3 जुलाईमा शुरू भएको अमरनाथ यात्रा अहिलेसम्ममा 2.34 लाखभन्दा अधिक तिर्थयात्रीहरूले पूरा गरिसकेका छन्।
उनले अझ बताए, 6,064 जना तिर्थयात्रीहरूको अर्को दल आज दुई वटा सुरक्षा लस्कर भगवती नगर यात्री निवास जम्मूदेखि उपत्याकातर्फ प्रस्थान भयो। 2,471 जना तिर्थयात्रीहरूलाई लिएर 95 वटा वाहनहरूको पहिलो सुरक्षा लस्कर भोर बिहान 3:30 बजी बालटाल आधार शिविरतर्फ प्रस्थान भयो भने 3,593 जना तिर्थयात्रीहरूलाई लिएर 139 वटा वाहनहरूको दोस्रो सुरक्षा लस्कर बिहान 4:07 बजी नुनवान (पहलगाम) आधार शिविरतिर प्रस्थान भयो।
यस वर्ष अमरनाथ यात्राको लागि अधिकारीहरूले व्यापक बहुस्तरीय सुरक्षा व्यवस्था गरेका छन्। सेना, बीएसएफ, एसएसबी तथा स्थानीय पुलिसको वर्तमान संख्यालाई बढ़ाउनको लागि सीपीएफको 180 अतिरिक्त कम्पनीलाई तैनाथ गरिएको छ। सेनाले उन्नत निगरानी तथा युद्ध तकनिक सहित 8,500भन्दा अधिक सैनिकलाई तैनाथ गर्दै अपरेशन शिवा-2025 शुरू गरेको छ।
दुवै आधार शिविरको बाटोमा पर्ने सबै पारगमन शिविर तथा जम्मूको भगवती नगर यात्री निवासदेखि अमरनाथ गुफा मन्दिरसम्मको सम्पूर्ण मार्ग सुरक्षा बलहरूद्वारा सुरक्षित राखिएको छ। यस वर्ष यो यात्रा गत 3 जुलाईदेखि शुरू भएर 38 दिनपछि आगामी 9 अगस्तको दिन समाप्त हुनेछ जुन दिन श्रावण पूर्णिमा र रक्षा बन्धनको संयोग परेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा