दक्षिण दिनाजपुर, 15 जुलाई (हि.स.)। सीमा सुरक्षा बल (बीएसएफ)-ले फेरि एकपटक भारत-बंगलादेश सीमाको सुरक्षाप्रति आफ्नो सतर्कता अनि प्रतिबद्धताको परिचय दिँदै एकजना बंगलादेशी महिलालाई समातेको छ।
पक्रा पर्ने बंगलादेशी महिलाको नाम जैनब (50) हो। महिलालाई दक्षिण दिनाजपुरको चकगोपाल गाउँ नजिक बार बिनाको अन्तर्राष्ट्रिय सीमानाबाट भारतमा प्रवेश गर्ने प्रयास गरिरहेको बेलामा बीएसएफका जवानहरूले समाते। जाँचबुझपछि महिलाको पतिलाई पनि पक्राउ गरियो। यस आशयको जानकारी बीएसएफले बुधवार एक प्रेस विज्ञप्ति मार्फत दिएको छ।
बीएसएफ सूत्र अनुसार जाँचबुझमा जैनबले खुलासा गरिन्, तिनी 1990-सालमा आफ्नो पति शेख इमरानसित अवैध रूपमा भारतीय क्षेत्रमा प्रवेश गरेकी थिइन्। त्यसपछि यिनीहरू छत्तीसगढ़को रायपुरमा बस्दै आइरहेका थिए। जाँचबुझ गरेर महिलाको पतिलाई पनि समातियो जो हिली चेक पोस्टबाट बंगलादेश छिरेको थियो। उ बीएसएफ समक्ष आत्मसमर्पण गर्नको लागि फर्केर आयो।
जाँचबुझमा दुवैले बताए, रायपुर पुलिसले अवैध प्रवासीहरूलाई चिन्हित गरिरहेकोले उनीहरू आफ्नो मूलथलो फर्किने चेष्टा गरिरहेका थिए। यी दुई पति-पत्नीबाट आधार कार्ड, प्यान कार्ड, मतदाता पहिचान पत्र, वाहनको आरसी, भारतीय पासपोर्ट र मोबाइल फोन, संदिग्ध दस्तावेज सहित अन्य सामानहरू जफ्त गरिएको छ। दुवैलाई अग्रिम जाँचको लागि हिली पुलिस थानाा सुम्पिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा