सिलगढ़ीमा बंगलादेशी अनुप्रवेशकारी पक्राउ
सिलगढ़ीमा बंगलादेशी अनुप्रवेशकारी पक्राउ


सिलगढ़ी, 16 जुलाई (हि.स)। नक्सलबाड़ीमा एकजना बंगलादेशी अनुप्रवेशकारीलाई पक्राउ गरिएको छ। आरोपीको नाम सुकुमार चन्द्र शील हो। सुकुमारले आफ्नो बंगलादेशी पहिचान लुकाएर अवैध रूपमा आधार कार्ड बनाएर भारतमा बस्दै आइरहेको थियो। सशस्त्र सीमा बल (एसएसबी)-ले गुप्त सूचनाको आधारमा गए मंगलवार नक्सलबाड़ीको खालबस्तीमा छापा मारेर बंगलादेशी युवक सुकुमारलाई पक्राउ गऱ्यो। अबेर राती नै उसलाई नक्सलबाड़ी थानामा सुम्पिइयो।

पुलिस सूत्र अनुसार आरोपी चार महिनापूर्व फुलबाड़ी सीमाबाट अवैध रूपमा भारतमा प्रवेश गरेको थियो। त्यसपछि उ बागडोगरा र नक्सलबाड़ीमा आएको थियो। पछि उसले कालियागञ्जमा गएर अवैध आधार बनाएको थियो। त्यसपछि नक्सलबाड़ीमा भाड़ाको घरमा बसेर हजामको काम गर्दै आइरहेको थियो। आरोपी युवकबाट बंगलादेशी पहिचान पत्र र भारतीय आधार कार्ड जफ्त गरिएको छ। नक्सलबाड़ी थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande