बन्द कोठाभित्र पति-पत्नीको शव भेटियो
बन्द कोठाभित्र पति-पत्नीको शव भेटियो


जलपाईगुड़ी, 16 जुलाई (हि.स.)। पश्चिम बंगालको जलपाईगुड़ी जिल्ला अन्तर्गत खरिया ग्राम पञ्चायतको गदाधर कलोनीमा अवस्थित एउटा घरको बन्द कोठाभित्र पति-पत्नीको शव भेटिएको घटनाले क्षेत्रमा खैलाबैला मच्चाएको छ। पुलिस सूत्र अनुसार मृतकद्वयको पहिचान क्रमैले सन्तोष बर्मन (55) र उनकी पत्नी लिना बर्मन (50)-को रूपमा भएको छ। पुलिसको प्रारम्भिक अनुमानमा पतिले नै पहिला पत्नीको हत्या गरेर पछि आफूले आत्महत्या गरेको हुनसक्छ।

सूत्र अनुसार सन्तोष बर्मन लगभग छह महिनापूर्व रूखबाट झरेर गम्भीर रूपमा घाइते भएका थिए जसले गर्दा तिनी कुनै पनि कम गर्न असमर्थ थिए। भनिन्छ, उक्त घटनापछि सन्तोष मानसिक तनाउ अनि अवसादसित जुझिरहेका थिए।

स्थानीय मानिसहरू अनि परिवारका सदस्यहरू अनुसार सन्तोष र लिना बर्मनमाझ प्रायः जसो नै झगड़ा अनि विवाद भइरहन्थ्यो। गए मंगलवार राति दुवै नै खाना खाएपछि आफ्नो कोठामा सुत्न गए। बुधवार बिहान अबेरसम्म पनि तिनीहरू कोठाबाट ननिक्लिएपछि छोरालाई शंका लाग्यो। त्यसपछि उसले ढोका ढक्ढकाए, बोलाए, तर कुनै जवाफ आएन। यस अवधि छर-छिमेकका मानिसहरू पनि भेला भए।

लामो समयसम्म पनि कुनै प्रतिक्रिया नआएपछि ढोका भत्काएर भित्र हेरियो। भित्रको दृश्य देखेर सबै अवाक भए। पलंगमा पत्नी लिना बर्मको रगताम्मे शव लड़िरहेको थियो। उसको गलामा धारिलो हतियारले काटेको निशान थियो। अर्कोतिर कोठाभित्र सन्तोष बर्मनको शव गलफन्दामा झुण्डिरहेको थियो।

तुरून्त कोतवाली थानालाई सूचना दिइयो। पुलिसले घटनास्थलमा पुगेर दुवै शवलाई आफ्नो कब्जामा लिई पोस्टमर्टम गर्नको लागि पठाइदियो। प्रारम्भिक जाँचमा पुलिसको मान्यता छ, पतिले मानसिक तनाउ अनि पारिवारिक कलहको कारणले पत्नीको हत्या गऱ्यो अनि पछि आफूले आत्महत्या गऱ्यो। हाल मामिलाको जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande