दिल्लीका स्कूल-कलेजहरूलाई बमको धम्की, केजरीवालले कानून-व्यवस्थामाथि उठाए प्रश्न
दिल्लीका स्कूल-कलेजहरूलाई बमको धम्की, केजरीवालले कानून-व्यवस्थामाथि उठाए प्रश्न


नयाँ दिल्ली, 16 जुलाई (हि.स.)। दिल्लीमा बितेको 72 घण्टाभित्रमा दश वटाभन्दा अधिक स्कूल अनि कलेजहरूलाई ई-मेलको माध्यमबाट बमले उड़ाउने धम्की दिइएको घटनालाई लिएर आम आदमी पार्टी (आआपा)- का राष्ट्रिय संयोजक तथा दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले बुधवार कानून-व्यवस्थाको स्थितिमाथि गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले भने, दिल्लीमा चार इञ्जनको सरकार पूर्ण रूपले फेल भइसकेको छ।

उनले केन्द्र सरकार, विशेष गृहमन्त्री अमित शाहलाई लक्षित गर्दै भने, दिल्लीको सुरक्षा उनको जिम्मेवारी हो र दिल्लीवासीलाई आश्वस्त पार्नका लागि गृहमन्त्री अगाड़ि आउनुपर्छ। केजरीवालले एक्समा पोस्ट गरी भने, “लगातार तेस्रो दिन आज फेरि दिल्लीका स्कूलहरूलाई बमले उड़ाउने धम्की प्राप्त भयो। दिल्लीका मानिसहरू तथा उनीहरूका नानीहरूको बारेमा न त गृहमन्त्रीजीलाई कुनै चिन्ता छ न उनीहरूको चार-चार इञ्जनको सरकारलाई नै। दिल्लीलाई जंगलराज बनाउनमा लागिपरेको छ भाजपा।”

उल्लेखनीय छ, दिल्लीका पाँचवटा स्कूलहरूलाई लगातार तेस्रो दिन आज बिहान बमले उड़ाउने धम्की दिइयो जसकारण अभिभावकहरू भयभित भएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande