नयाँ दिल्ली, 16 जुलाई (हि.स.)। राष्ट्रिय राजधानी दिल्लीका शिक्षण संस्थानहरूलाई निरन्तर बमले उड़ाउने धम्की प्राप्त भइरहेको छ। आज तेस्रो दिन पनि द्वारका, वसन्त विहार, लोधी कलोनी, हौज खास अनि पश्चिम विहारका पाँचवटा स्कूलहरूलाई बमले उड़ाउने धम्की ई-मेल मार्फत दिइएको छ।
यी स्कूलहरूबाट सूचना पाए लगत्तै स्थानीय पुलिस, बम स्क्वायड तथा दमकल विभागका कर्मीहरू घटनास्थलहरूमा पुगेर खोजी अभियानमा जुटे। यो समाचार लेखुञ्जेलसम्म पनि पाँचमध्ये केही स्कूलहरूमा खोजी अभियान जारी थियो।
दिल्ली पुलिस अनुसार ई-मेलको स्रोत पत्तो लगाउनको लागि साइबर सेलको सहयोग लिइँदैछ। दिल्ली पुलिसले जनतासित अपील गरेको छ, उनीहरूले कुनै पनि प्रकारको अफवाहमाथि ध्यान नदिउन् र शान्ति कायम राखुन्। यसअघि गए सालको दिसम्बर महिनामा पनि दिल्लीका केही स्कूलहरूलाई यसरी नै धम्कीपूर्ण ई-मेल प्राप्त भएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा