-सड़क दुर्घटनामा तीन जना कावँड़ीहरूको मृत्यु
गौतम बुद्ध नगर, 16 जुलाई(हि.स.)। प्रदेशका मुख्यमन्त्री योगी योगी आदित्यनाथले गए मंगलवार भएको सड़क दुर्घटनालाई संज्ञानमा लिएका छन्। उनले अधिकारीहरूलाई घटनास्थलमा पुगेर हरसम्भव सहायता उपलब्ध गराउने निर्देश दिएका छन्। यस दुर्घटनामा तीन जना काँवड़ीहरूको मृत्यु भएको छ।
एसीपी स्वतन्त्र कुमार मुताविक दिल्लीका तीन जना युवकहरू दुई दिनपूर्व हरिद्वारदेखि काँवड़ ल्याउने कुरा गरेर घरबाट हिँड़ेका थिए। गंगाजल लिएर फर्किने क्रममा गए मंगलवार उनीहरूको बाइक दिल्ली-मेरठ एक्सप्रेसवे (डीएमई )-मा सेक्टर-62 एरियामा पोलसित ठोक्किएर दुर्घटनाग्रस्त भयो। घटनामा तीनमध्ये जीवन मीणा नामक युवकको घटनास्थलमै मृत्यु भयो भने दुई जना युवकहरूलाई गाजियाबादको अस्पतालमा भर्ती गरिएको थियो जहाँ उपचारको क्रममा दुवैको मृत्यु भएको छ जसको पहिचान जीवन (24), सुमित (25) र राजकुमार (23)- को रूपमा भएको छ जो दिल्ली निवासी थिए।
बुधवार मुख्यमन्त्री योगी आदित्यनाथले जिल्ला गौतम बुद्ध नगरमा भएको सड़क दुर्घटनाको संज्ञान लिए। मुख्यमन्त्रीले मृतकहरूका शोक सन्तप्त परिवारहरूप्रति संवेदना व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा