कपिल मिश्राले काँवड़ शिविरहरूको गरे निरीक्षण, मुख्यमन्त्रीले 20 जुलाईमा गर्नेछन् शिवभक्तहरूलाई स्वागत
कपिल मिश्राले काँवड़ शिविरहरूको गरे निरीक्षण, मुख्यमन्त्रीले 20 जुलाईमा गर्नेछन् शिवभक्तहरूलाई स्वागत


नयाँ दिल्ली, 16 जुलाई (हि.स.)। दिल्लीका क्याबिनेट मन्त्री कपिल मिश्राले बुधवार अप्सरा बोर्डरमा अवस्थित 'महादेव द्वार'-मा कावँड़ीहरूलाई स्वागत गर्नका साथै त्यहाँ स्थापित शिविरहरूको निरीक्षण गरे। यस अवधि उनले व्यवस्थाहरूको जायजा लिए। यात्रालाई लिएर दिल्ली सरकारको तयारीहरू बारे अवगत गराए।

यस अवसरमा पत्रकारहरूसित बातचित गर्दै मन्त्री मिश्राले भने, यसपालि दिल्लीमा भगवान शिवका 12 वटा ज्योतिर्लिंगहरूको नाममा 17 वटा भव्य स्वागत द्वार निर्माण गरिएको छ जुन शिवभक्तहरूको लागि श्रद्धा अनि आस्थाको प्रतीक बन्न पुगेको छ। उनले भने, यसपालि दिल्लीमा काँवड़ शिविरहरूको संख्या दुईगुणा भएको छ। पछिल्लो वर्ष 170 वटा शिविरहरू स्थापना गरिएको थियो भने यसपालि यसको संख्या 374 सम्म पुगेको छ। उनले भने, दिल्ली पूर्ण रूपले भोलेको रंगमा रंगिन तयार छ। मुख्यमन्त्री रेखा गुप्ताको निर्देशमा काँवडड़ीहरूको लागि उच्च स्तरको व्यवस्था गरिएको छ। आगामी 20 जुलाईको दिन मुख्यमन्त्रीले स्वयं दिल्ली बोर्डरमा पुगेर शिवभक्तहरूलाई स्वागत गर्नेछन्।

ट्राफिक जामको मुद्दामा उनले भने, दिल्लीमा पिक आवर्समा ट्राफिक सामान्यतः रहन्छ नै, तर कतिपय मानिसहरूले नियोजित ढंगमा काँवड़ यात्रालाई बदनाण गराउने चेष्टा गर्दछन्। भोलेका भक्त औ हिन्दू धर्मलाई बदनाम गर्ने केही नेता तथा कथित पत्रकारहरूलाई बहाना मात्र चाहिन्छ जबकि सरकारले सबै आवश्यक प्रबन्ध गरेको छ। यात्राको सुरक्षा अनि निगरानीलाई लिएर पनि दिल्ली सरकार सतर्क छ। मिश्राले बताए, ड्रोनको माध्यमबाट सम्पूर्ण मार्गको निगरानी राखिँदैछ भने यातायात पुलिस पूर्ण रूपमा सक्रिय छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande