कोलकाता, 16 जुलाई (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले आरोप लगाइन्, भाजपाशासित राज्यहरूमा बंगला भाषीहरूलाई भाषाको आधारमा लक्षित गरिँदैछ साथै उनीहरूलाई हिरासतमा लिइँदैछ। ममताले यो पनि दाबी गरिन्, केन्द्र सरकारले एउटा अधिसूचना पठाएको छ जसको आधारमा बंगला बंगला बोल्नेहरूलाई संदिग्ध मान्दै डिटेन्शन क्याम्पमा थुनिँदैछ।
धर्मतलामा बुधवार आयोजित पदयात्रा औ जनसभामा आफ्नो सम्बोधन राख्दै मुख्यमन्त्री ब्यनर्जीले भनिन्, भाजपाशासित राज्यहरूमा बंगला भाषीहरूलाई भाषाको आधारमा लक्षित गरिँदैछ। मानिसहरूसित आधार कार्ड, प्यान कार्ड हुँदाहुँदै पनि उनीहरूलाई रोहिंग्या वा बंगलादेशीको संज्ञा दिएर डिटेन्शन क्याम्पमा राखिँदैछ। उनले भनिन्, पश्चिम बंगालका लगभग 22 लाख श्रमिकहरू अन्य राज्यहरूमा काम गर्दै आइरहेका छन्। उनीहरूलाई पनि यस्तै आरोपहरूमा फसाइँदैछ।
ममताले दाबी गरिन्, महाराष्ट्रमा मतुआ समुदायका मानिसहरूलाई लक्षित गरिँदैछ भने दिल्लीमा बंगालीहरूको घरको पानी र बिजुली आपूर्ति काटियो। उनले यो पनि आरोप लगाइन्, नदिया जिल्लाका केही मानिसहरूलाई छत्तीसगढ़मा बन्धक बनाएर राखिएको छ। मुख्यमन्त्रीले केन्द्रलाई चेताउनी दिँदै भनिन्, हामी आफ्नो राज्य बाहिरबाट आउनेहरूलाई सम्मान दिन्छौं, तर तपाईहरूले हाम्रा मानिसहरूलाई बेइज्जत गरिरहनु भएको छ।
ममताले बिहारको उदाहरण दिँदै भनिन्, त्यहाँ 30.5 लाख भोट रद्द गरियो। अब बंगाललाई पनि लक्ष्य बनाइँदैछ। ममताले आरोप लगाइन्, केन्द्र सरकारद्वारा जारी अधिसूचनामा स्पष्ट रूपमा निर्देश दिइएको छ कि बंगला बोल्ने संदिग्धहरूलाई पक्राउ गरियोस्। हामी यसलाई अदालतमा चुनौती दिनेछौं।
यस सभामा ममता ब्यनर्जीसित तृणमूलका राष्ट्रिय महासचिव अभिषेक ब्यनर्जीले पनि भाग लिए। ऱ्यालीको शुरूआत कलेज स्क्वायरबाट भयो भने डोरिना हुँदै क्रसिंगसम्म पुग्यो। यस अवधि पानी परिरहेको भए पनि सड़कता दुवै किनारमा ठूलो संख्यामा समर्थकहरू उर्लिए। सुरक्षा व्यवस्था अन्तर्गत 15 सयभन्दा अधिक पुलिसकर्मीहरूलाई तैनाथ गरिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा