मणिपुरमा म्यान्मार प्रशिक्षित आरपीएफ-पीएलए उग्रवादी पक्राउ
मणिपुरमा म्यान्मार प्रशिक्षित आरपीएफ-पीएलए उग्रवादी पक्राउ


इम्फाल, 15 जुलाई (हि.स.)। मणिपुरको विष्णुपुर जिल्ला अन्तर्गत कुम्बी थाना क्षेत्रको लइंगौबी मानिंग लैकाई क्षेत्रबाट प्रतिबन्धित उग्रवादी संगठन रिभोल्युशनरी पिपुल्स फ्रण्ट-पिपुल्स लिबरेशन आर्मी (आरपीएफ-पीएलए)-का एक जना क्याडरलाई पक्राउ गरिएको छ।

पुलिस प्रवक्ताले बुधवार बताए, पक्रा पर्ने उग्रवादीको पहिचान थोंगम इनाओबा मैतेई उपनाम लालाबाको रूपमा भएको छ जसको उमेर 23 वर्ष रहेको छ। उसले म्यान्मारको एक शिविरमा 30 दिनको बेसिक मिलिट्री ट्रेनिंग लिएको थियो।

सुरक्षा बलहरूले उसको कब्जाबाट एउटा किप्याड मोबाइल फओन सेट र एयरटेलको सिम कार्ड जफत गरेका छन्। यो कारबाही मणिपुरमा उग्रवादमाथि लगाम लगाउनको लागि संचालित अभियानको एक भाग हो।

राज्यभरि नै सुरक्षा व्यवस्थालाई अझ कड़ा बनाइएको छ। राज्यका विभिन्न जिल्लामा उपत्याका तथा हिमाली दुवै क्षेत्रमा 111 चेकपोइन्ट्स स्थापना गरिएको छ जहाँ निगरानी अनि खोजी अभियान संचालन गरिँदैछ। अभियान अवधि चारजना संदिग्धहरूलाई जाँचबुझको लागि हिरासतमा लिइयो।

प्रशासनले स्पष्ट पारेको छ, मणिपुरमा शान्ति अनि कानून व्यवस्था कायम राख्नको लागि खोजी अभियानलाई जारी राखिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande