पूर्वी सिंहभूम, 16 जुलाई (हि.स.)। सावनको पवित्र महिनामा परसुडीहस्थित अति प्राचीन शिव मन्दिरमा गए मंगलवार राति एक अद्भुत औ रहस्यमय घटना घट्यो। यहाँ श्रद्धालुहरूद्वारा नन्दी बाबाको प्रतिमामा अर्पित दुध बिस्तारै अदृश्य भएको देखियो। यस घटनालाई भक्तहरूले चमत्कार मान्दै ईश्वरको विशेष कृपाको संकेत बताएका छन्।
जानकारी अनुसार गए 15 जुलाईको राति श्रद्धालुहरूले मन्दिर परिसरमा नन्दी बाबालाई दुध चढ़ाए। उनीहरूको भनाइ छ, प्रतिमामा अर्पित दूध नन्दी बाबाद्वारा ग्रहण गरियो जसलाई देखेर भक्तगण आश्चर्यचकित भए। खबर फैलिनसाथ रातोरात सयकड़ौं श्रद्धालुहरू मन्दिरमा पुगे। मन्दिर परिसरमा ‘हर हर महादेव’ औ ‘नन्दी बाबा की जय’जस्ता जयकारहरूले गुञ्जयमान भयो। श्रद्धालुहरूले दीप जलाए, पुष्प अर्पण गरे साथै नन्दी बाबाको दर्शन गरेर यस अद्भुत दृश्यको साक्षी बने। बुधवार बिहानदेखि नै भोलेनाथ र उनका सवारी नन्दीको पूजा गर्नका लागि श्रद्धालुहरूको भीड़ उर्लियो।
मन्दिर समितिका सदस्यहरूले पनि यसलाई असाधारण घटना मान्दै भने, सावन महिनामा भोलेनाथ एवं नन्दी बाबाको विशेष कृपा क्षेत्रवासीमाथि बर्सिरहेको छ। यस घटनालाई लिएर मानिसहरूमा गहिरो श्रद्धा, आस्था र उत्सुकता देखिँदैछ। भक्तहरूले यसलाई सावन महिनामा परसुडीहको धरतीमा भगवान शिवको उपस्थिति औ आशीर्वादको संकेत मानिँदैछ। मन्दिरका पुजारी आरके मिश्राले पनि मन्दिरमा नन्दी बाबाले दुध पिएको घटनाको पुष्टि गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा