रहस्यमय परिस्थितिमा पुलिस कन्स्टेबलको शव भेटियो
रहस्यमय परिस्थितिमा पुलिस कन्स्टेबलको शव भेटियो


नगाउँ (असम), 16 जुलाई (हि.स.)। बटद्रवामा एकजना पुलिस कन्स्टेबलको शव संदिग्ध परिस्थितिमा भेटियो। मृतकको पहिचान रतन मुक्तियारको रूपमा भएको छ जो वर्तमानमा धिंग थानामा तैनाथ थिए।

पुलिसले बुधवार बतायो, मृतक कन्स्टेबलको शव बटद्रवा थानादेखि मात्र सय मीटर दूरीमा भेटियो। शवको छेउमा एएस 02 एजी 8340 नम्बरधारी मोटरसाइकल पनि भेटिएको छ।

सूचना पाउनसाथ बटद्रवा पुलिसले घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ। घटनालाई लिएर क्षेत्रमा सन्त्राष फैलिएको छ। पुलिसले सबै एंगलबाट मामिलाको जाँच गर्ने बताएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande