नक्सल विरोधी अभियानमा प्रणेश्वर कोच शहीद भए
नक्सल विरोधी अभियानमा प्रणेश्वर कोच शहीद भए


-मुख्यमन्त्रीले शहीद प्रणेश्वर कोचलाई गरे नमन

कोकराझार (असम), 16 जुलाई (हि.स.)। कोकराझार जिल्लाको मागुरमारी गाउँ निवासी 209 कोबरा, सीआरपीएफको सीटी/जीडी प्रणेश्वर कोच आज बिहान झारखण्डमा एक नक्सल विरोधी अभियानको क्रममा शहीद भए। यस अभियानमा दुईजना नक्सलीहरूलाई पनि मारिएको छ। यस आशयको जानकारी सोशल मीडिया फेसबुकको पोस्ट मार्फत सीआरपीएफका डीजी जीपी सिंहले दिएका हुन्।

यता मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले पनि सोशल मीडियाको माध्यमबाट भनेका छन्, असमका वीर तथा माँ भारतीका सपुत कोकराझार निवासी प्रणेश्वर कोच आज बिहान झारखण्डमा नक्सलीहरूसित लड़्दा-लड़्दै शहीद भए। असमका मानिसहरूले उनको बलिदानलाई नमन गर्दछन् र उनको परिवारप्रति आफ्नो सम्वेदना व्यक्त गर्दछन्।

उनले भनेका छन्, हामी उनको समर्थनमा सदैव उपस्थित रहनेछौं र यो वलिदानलाई व्यर्थै जान दिनेछैनौं, किनभने हाम्रा सेनाले धरतीबाट नक्सलवादलाई निर्मुल पार्नका लागि आफ्नो शक्ति प्रयोग गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande