अल्मोड़ा, 16 जुलाई (हि.स.)। द्वारहाट ब्लकको कुंबाली गाउँमा अवस्थित पौराणिक आदि बद्रीनाथ मन्दिरको जीर्णोद्धार हुनेछ। यसलाई मानसखण्डमा सामेल गरिएको छ। यो मन्दिर मानसखण्डमा सामेल भएपछि स्थानीय मानिसहरूले धार्मिक स्थलको रूपमा विख्यात हनेु आशा व्यक्त गरेका छन्।
पर्यटन विभागले मन्दिरको सौन्दर्यीकरण औ विकसित गर्नको लागि पञ्चाय चुनाउपछि डीपीआर बनाउने कार्य गर्नेछ। केही समयपूर्व टीमले मन्दिरको निरीक्षण गरेको थियो। स्थानीय मानिसहरू अनुसार पहिला बद्रीनाथ धामबाट पण्डा पुजारीहरूले पूजाका सामग्री, भोगका सामान आदि पैदल लिएर यहाँ आइपुग्थे, त्यसपछि मात्र यहाँ पूजा अऩि भोग लगाइन्थ्यो।
यस मन्दिरमा लहसुन, प्याज, मलका दाल सेवन गर्नु प्रतिबन्धित छ। लामो समयदेखिकै स्थानीय मानिसहरूले यस मन्दिरलाई विकास गर्ने माग गर्दै आइरहेका थिए। जिल्ला पर्यटन अधिकारी प्रकाश खतन्नेको भनाइ छ, पञ्चायत चुनाउपछि डीपीआर बनाउने कार्य गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा