बाक्सा, 16 जुलाई (हि.स.)। बरमा थाना पुलिसले गुप्त सूचनाको आधारमा गुवाहाटीमा एक अभियान चलाएर एक शातिर एटीएम चोर रमेश अलीलाई पक्राउ गरेको छ। पुलिस अनुसार, रमेश अली एक सक्रिय एटीएम ठगी गिरोहसित जोड़िएको थियो।
जानकारी अनुसार, रमेश लामो समयदेखि बरमा क्षेत्रमा एटीएममा पैसा निकाल्न आउने ग्राहकहरूलाई भ्रमित पारेर उनीहरूको कार्ड साटेर रूपियाँ निकाल्ने अपराध गरिरहेको थियो। पुलिसलाई जस्तै यस गिरोहबारे जानकारी भयो, बक्सा जिल्ला पुलिसले तुरन्तै कारबाही शुरू गऱ्यो।
बरमा थानाका प्रभारी त्रैलोक्य दासको नेतृत्वमा गुवाहाटीमा छापा मारेर आरोपीलाई पक्राउ गऱ्यो। आरोपी रमेश अलीको घर बरपेटा जिल्लाको कयाकुची क्षेत्रमा बताइएको छ।
पुलिस अनुसार, यस गिरोहमा सामेल अन्य अपराधी अहिलेपनि फरार छन्। रमेशसित सोधपुछको आधारमा पुलिसले बाकी अपराधीलाई पनि छिट्टै पक्राउ गर्नसक्छ।
हिन्दुस्थान समाचार / भवानी थामी