ईटाले हमला गरी व्यक्तिको हत्या
ईटाले हमला गरी व्यक्तिको हत्या


जीन्द, 16 जुलाई (हि.स.)। सफीदों क्षेत्रमा हिजो राति ईटाले हमला गरी एक व्यक्तिको हत्या गरिएको छ र उसको शव गाउँको मन्दिर नजिक पाइयो। मंगलवार राति 10 बजी मृतकको घरमा कुरा भएको थियो, त्यसपछि 12 बजी शव भेटियो। पुलिस मामिलाको जाँचमा जुटेको छ।

पुलिसलाई दिइएको सिकायतमा सफीदों क्षेत्रको गाउँ बागडू खुर्द निवासी जतिनले बताए, उ बीए फाइनलमा पढ़्दछ। उसका पिता जितेन्द्र उर्फ बल्लूले गाउँको शिव मन्दिरको पछाड़ी पोखरी नजिक एक एकड़ जमीनमा गत दुई वर्षदेखि खेती गर्दै आइऱहेका छन्। पखोरी नजिकै पक्का घऱ बनाइएको छ, जसमा उनले पशु बाध्छन्। राति लगभग 10 बजी उसका पिता घर नआउँदा उसकी आमाले फोन गरेर कुरा गरिन्। उसका पिताले केही बेरमा घर आउने भने। त्यसपछि उनको फोन बन्द भयो। यसबाट परिजनलाई चिन्ता हुन थाल्यो र राति लगभग सवा 12 बजी उनलाई मन्दिर छेउको घरमा हेर्न जाँदा त्यहाँ मन्दिर नजिक उसको पिता रगताम्मे अवस्थामा लड़ेको भेटिए। उसको पिताको मृत्यु भइसकेको थियो।

जतिनले आरोप लगायो, अज्ञात व्यक्तिहरूले उसका पिताको टाउँको, मुख, कानमा ईटा समेत अन्य हतियारले हमला गरी उनको हत्या गरेका छन्। घटनाको सूचना पाएपछि सदर थाना प्रभारी डीएसपी घटनास्थलमा पुगे। यहाँ मृत भेटिएका जितेन्द्रको शिर र मुखबाट रगत बगिरहेको थियो। उनको खुट्टामा पनि चोटको निशान थियो। सीन अफ क्राइम टीमलाई बोलाइयो। सदर थाना पुलिसले मृतकको छोराको शिकायतमा अज्ञात व्यक्ति विरूद्ध हत्याको मामिला दर्ता गरी जाँच शुरू गरेको छ। मृतकको शवलाई सफीदोंको सिविल अस्पतालमा राखिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande