बंगालका केही जिल्लाहरूमा घना वर्षाको चेताउनी
बंगालका केही जिल्लाहरूमा घना वर्षाको चेताउनी


कोलकाता, 16 जुलाई (हि.स.)। बंगालदेखि झारखण्ड तर्फ बढ़िरहेको निम्नचापको प्रभावले बुधवार भोर बिहान कोलकाता लगायत यस वरपरका क्षेत्रहरूमा घना वर्षा भयो। अलिपुर मौसम विभाग अनुसार यो निम्नचाप बिस्तारै कमजोर हुँदै गइरहेको भए पनि यसको प्रभाव अहिले पनि मैदानी पश्चिम बंगालमा कायम छ। बुधवार कोलकाता सहित दक्षिण बंगालका केही जिल्लाहरूमा मेघ गर्जन अनि भारी वर्षा हुने सम्भावना छ।

बुधवार अपरान्हपछि निम्नचापको प्रभाव घट्दै जानेछ। पूर्व औ पश्चिम मेदिनीपुर, उत्तर औ दक्षिण 24 परगना,बाँकुड़ा र पुरुलिया जिल्लामा पनि मुसलधारे पानी पर्नसक्छ साथै 30-40 किमो प्रतिघण्टाको गतिले हावा चल्नसक्छ। बिहीवारदेखि आगामी आइतवारसम्म मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षा जारी रहनेछ, तर आगामी 21 जुलाईमा कतिपय स्थानहरूमा छरिएको वर्षा हुने आशंका छ।

उत्तर बंगालमा बुधवार सबै जिल्लाहरूमा गर्जन-चमकसितै हल्कादेखि मध्यम वर्षा हुनसक्छ। दार्जीलिङ, कालेबुङ, अलिपुरद्वार, जलपाईगुड़ी तथा उत्तर दिनाजपुर जिल्लामा मुसलधारे पानी पर्ने चेताउनी जारी गरिएको छ। बिहीवार र शुक्रवार भने वर्षा कम हुनेछ।

कोलकातामा बुधवार बिहान डेढ़ घण्टाभित्रमा 40 मिमी वर्षा दर्ता गरियो। दक्षिण कोलकाता र उपनगरीय क्षेत्रहरूमा वर्षा अधिक भयो भने उत्तर कोलकातामा 25 मिमी वर्षा दर्ता गरियो। दिनभरि हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यहाँको अधिकतम तापमान 31 डिग्री सेल्सियस वरपर रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande