हनी ट्रेपमा फंसाउने धम्की दिएर ठगियो नब्बे लाख
हनी ट्रेपमा फंसाउने धम्की दिएर ठगियो नब्बे लाख


जयपुर, 16 जुलाई (हि.स.)। महेश नगर थाना क्षेत्रमा एक व्यवसायीलाई युवतीले हनी-ट्रेपमा फंसाएर नब्बे लाख रूपियाँ ठग्ने मामिला अघि आएको छ। पुलिस जानकारीमा आरोपी महिलाले दुष्कर्मको झूठो मामिलामा फंसाउने धम्की दिएर ब्ल्याकमेल गरी पचास लाख रूपियाँको डिमान्ड गरेको कुरा प्रकाशमा आएको छ। यस सम्बन्धमा थानामा पीड़ित व्यवसायीले आरोपी युवती विरूद्ध मामिला दर्ता गराए।

पुलिसले बतायो, सांगानेर निवासी 42 वर्षीय व्यवसायीले मामिला दर्ता गराएका छन् कि उनी एक कम्पनीको निदेशक हुन् र वर्ष 2017 मा उनको कम्पनीबाट समर इन्टर्नशिप गरी आरोपी युवतीले नोकरी शुरू गरेकी थिइ। जसपछि सोशल मीडियाको माध्यमले व्यवसायीसित सम्पर्क गर्ने प्रयास गरिन्। ध्यान नदिँदा व्यवसायीकी पत्नीसित मित्रता गरी भेट्नु शुरू गरिन्। यसपछि व्यवसायीको नजिक आइन्।

यसपछि झूटो प्रेमजालमा फंसाएर बिहे गर्ने सपना देखाएर आवश्यकताको नाममा रूपियाँ असूली गर्नु शुरू गरिन्। यस प्रकार आरोपी महिलाले झूटो बोलेर अलग-अलग तरीकाले नब्बे लाख रूपियाँ ठगिन्। पछि रूपियाँ दिन अस्वीकार गरेर दुष्कर्मको मामिलामा फंसाउने धम्की दिनु शुरू गरिन्। झूटो दुष्कर्मको मामिलामा फंसाउने धम्की दिएर पचास लाख रूपियाँको डिमान्ड गरिन्। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande