गुरूग्रामः मुख्यमन्त्रीको आगमनमा जलभराउलाई लिएर कंग्रेसले लगायो बोर्ड
गुरूग्रामः मुख्यमन्त्रीको आगमनमा जलभराउलाई लिएर कंग्रेसले लगायो बोर्ड


-लेख्यो- गुरुग्राममा जनता त्रस्त, अर्कोतिर सांसद-मन्त्री चण्डीगढ़ डिनरमा व्यस्त-सिभिल लाइनमा जलभराउयुक्त स्थानमा लगाइयो बोर्डगुरुग्राम, 16 जुलाई (हि.स.)। बुधवार गुरुग्राममा मुख्यमन्त्रीको आगमन भएको छ। मुख्यमन्त्रीलाई गुरुग्रामकोअवस्थाबारे अवगत गराउनको लागि युवा कंग्रेसका जिल्ला अध्यक्षले शहरको सोचनीय अवस्थालाई दर्शाउँदै बोर्ड लगाए।

मुख्यमन्त्रीको कार्यक्रम स्थलदेखि केही टाड़ा सिभिल लाइनको मोर चौक (स्व. सीता राम सिंगला चौक) वरपर उनीहरूले यो बोर्ड लगाएका छन्। प्रायजसो भीआईपी कार्यक्रमलाई मध्यनजर गर्दै यस्तो बोर्डहरू प्रशासन वा निगमले लगाउँ दिँदैन, तर यहाँ यी बोर्डहरूलाई निकाल्नकोलागि प्रशासन, नगरनिगमले कुनै चासो देखाएन।

अग्रवाल धर्मशाला यातायात सिगनलदेखि लिएर मोर चौकसम्म बर्खाको पानी भरिएको छ। यो पानी धेरै गहिरो छ जसको निकासीको लागि कुनै उपाय गरिएको छैन। जबकि जलमग्न भएको यस स्थानको अगाड़ि नै न्यायधीशको घर छ। यसै क्षेत्रमा गुरूग्रामकी मेयरको पनि घर छ। मोर चौकदेखि अगाड़ि क्याबिनेट मन्त्री राव नरबीर सिंह, जिल्ला मण्डलायुक्त, जिल्ला उपायुक्त, पुलिस आयुक्त लगायत तमाम वरिष्ठ अधिकारीहरूको आवास छ।

बोर्ड लगाइएको स्थान भएर दिनभरि नै वरिष्ठ अधिकारीहरू वा भीआईपीहरू आवागमन गर्ने गर्दछन्।तथापि यहाँ हुने जलभराउको कुनै समाधान नगरनिगमले गर्न सकेको छैन। पछिल्लो धेरै वर्षदेखिकै यहाँको अवस्था यस्तो छ। बर्खा लाग्नसाथ यहाँ गहिरो पानी जमिन्छ।

जलभराउको समस्यालाई लिएर बुधवार मुख्यमन्त्री नायब सिंह सैनीको गुरूग्राम आगमनलाई मध्यनजर गर्दै युवा कंग्रेस जिल्ला अध्यक्ष अभिषेक यादवले ठाउँ-ठाउँमा बोर्डहरू लगाएका छन् बोर्डमा लेखिएको छ-यहाँ गुरूग्रामका जनता त्रस्त भएको समयमा सांसद-मन्त्रीहरू डिनरमा व्यस्त छन्।अर्को बोर्डमा लेखिएको छ, प्रश्न: गुरुग्रामलाई गुरुजाम बनाउने को हो। उत्तर: भाजपा सरकार। यसरी विभिन्न स्लोगनहरू लेखिएका बोर्डहरूलाई अभिषेक यादवले ठाउँ-ठाउँमा लगाएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande