अविरल वर्षाका कारण पश्चिम मेदिनीपुर र हुगलीमा बाढ़ीको कहर
अविरल वर्षाका कारण पश्चिम मेदिनीपुर र हुगलीमा बाढ़ीको कहर


हुगली, 16 जुलाई (हि.स.)। पश्चिम बंगालका केही जिल्लाहरूमा अविरल वर्षाको कारणले जनजीवन अस्त-व्यस्त भएको छ। रूपनारायण र मुण्डेश्वरी नदीको जलस्तर अत्यधिक मात्रामा बढ़ेको कारणले आरामबाग, घाटाल, दासपुर, चन्द्रकोणा समेत केही क्षेत्रहरूमा बाढ़ी आएको छ। कतिपय स्थानहरूमा नदीको पानी खतराको निशानदेखि माथि बगिरहेको छ।

आरामबागको पानशिउली बजारमा रूपनारायण र मुण्डेश्वरी नदीको संगम स्थलमा दुवै नदीको पानी बढ़ेर माथि पुगेको छ जसले गर्दा बजार अनि वरपरका स्थानहरू जलमग्न भएका छन्। अहिलेसम्ममा चार वटा ग्राम पञ्चायत अधिनस्थ पचास वटाभन्दा अधिक गाउँहरू पानीमा डुबिसकेका छन्। फसलहरू जलमग्न भएका छन् भने सड़कहरूमा तीन-चार फुट पानी जमेको छ। घरहरूभित्र पानी पसिसकेको छ।

स्थानीय मानिसहरू नौकाको माध्यमबाट घरदेखि मुख्य सड़कसम्म पुगिरहेका छन्। उनीहरूको भनाइ छ, उनीहरूलाई राहत सामग्री मात्र नभएक पक्का सड़क पनि चाहिन्छ ताकि बारम्बार यस्तो त्रासदीको सामना गर्न नपरोस्। स्थानीयले बताए, अहिलेघरि कसैलाई बिमार भएर बाहिर लैजान पऱ्यो भने धेरै गाह्रो पर्नेछ। सबै आवश्यक सामानहरू, खाना ग्यास सिलेण्डर समेत नौका मार्फत लैजान परिरहेको छ।

उल्लेखनीय छ, पश्चिम मेदिनीपुर जिल्लाको घाटाल नगरपालिका क्षेत्र र वरिपरीका ग्राम पञ्चायतहरू बितेका आठ दिनदेखिको बाढ़ीको चपेटमा परेका छन्। दासपुरमा बाढ़ीको पानी निरन्तर बढ़िरहेको छ। बिहानदेखिकै आकाशमा बादल लागेको छ र रोकिँदै पानी परिरहेको छ जसबाट स्थिति झन् संकटपूर्ण भएको छ।

चन्द्रकोणा एक र दुई नम्बर ब्लकका केही ठाउँहरूमा पानी भरिन शुरू भएको छ। शिलाबती नदीमा भत्किएको बाँधले अझ पानी गाउँतिरै ल्याइरहेको छ जसबाट यदुपुर र यादवपुर क्षेत्र जलमग्न भइरहेको छ। खेत डुबेको कारणले किसानहरू चिन्तित छन्। कठिया अनि शिलाबती नदीको जलस्तर लगातार द्रूत गतिमा बढ़िरहेको छ।

खानाकुल-2 ब्लकमा बाढ़ीको सामना गर्नको लागि एक आपतकालीन बैठक सम्पन्न गरिएको छ। आरामबागका सांसदले दाबी गरेका छन्, पर्याप्त मात्रामा राहत सामग्री र त्रिपाल उपलब्ध छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande