लटरीको पसल अनि मैला-कुचैलाको थुप्रोबीच बेहाल अवस्थामा नेताजीको सालिग
लटरीको पसल अनि मैला-कुचैलाको थुप्रोबीच बेहाल अवस्थामा नेताजीको सालिग


जलपाईगुड़ी, 16 जुलाई (हि.स.)। महान स्वतन्त्रता सेनानी नेताजी सुभाषचन्द्र बोसको सालिग वरिपरी मैला-कुचैलाको थुप्रो लागेको छ। यो घटना जलपाईगुड़ी जिल्लाको बानरहाट ब्लक अन्तर्गत गयेरकाटा बजारको हो जहाँ नेताजीको प्रतिमा वरिपरी फोहोर एवं अव्यवस्थालाई लिएर स्थानीय मानिसहरूमा गहिरो आक्रोश व्याप्त भएको छ।

स्थानीय मानिसहरूको भनाइ छ, नेताजीको प्रतिमाको चारैतिर साँझ पर्नसाथ लटरीका पसलहरू सजिन्छन्। प्रतिमा वरपर मैला फालिन्छ। यो स्थिति आजको होइन, वर्षौंदेखिको यस्तै चलिआएको छ। तर ग्राम पञ्चायतको पक्षबाट कुनै ठोस पहल गरिएको छैन।

स्थानीय निवासी औ वरिष्ठ नागरिक बादल पालले बताए, स्वतन्त्रता दिवस र नेताजी जयन्तीमा उनले स्वयं नेताजीको मूर्तिलाई सर-सफाई गरेर माल्यार्पण गर्दछन्। यस दिन न त सरकारले न कुनै संघ-संस्थाले यहाँ कार्यक्रम आयोजना गर्दछ। जबकि नेताजीको यस प्रतिमा नजिकै सांकायझोड़ा-1 ग्राम पञ्चायत कार्यालय र दुईवटा स्कूल अवस्थित छन्।

प्राप्त जानकारी अनुसार वर्षौं अगाड़ि नेताजीको प्रतिमा यहाँ स्थापना गरिएको थियो। वर्ष 1992-मा त्यसलाई हटाएर अर्को नयाँ प्रतिमा राखियो जसपश्चात यो स्थान “नेताजी मोड़”- को नामबाट प्रसिद्ध भयो। केही वर्षअघि क्षेत्रलाई उज्यालो पार्नको लागि एउटा अग्लो लाइट पोस्ट बनाइएको थियो, तर अहिले त्यो पनि बन्द भएको छ। परिणामस्वरूप साँझपछि सम्पूर्ण क्षेत्र अन्धकारमा डुब्छ।

ग्राम पञ्चायतको उदासीनतालाई लिएर मानिसहरूले रोष व्यक्त गरेका छन्। कैयौं पटक पञ्चायतलाई सूचित गरिएको भए पनि अहिलेसम्म कुनै पहल गरिएको छैन। यस सम्बन्धमा सांकायाझोड़ा-1 की प्रधान श्रावणी दे घोषसित सम्पर्क गर्दा उनले आफू बैठकमा रहेको बताइन्। पञ्चायतका उपप्रधान गोपाल चक्रवर्तीले आफूलाई यस विषयमा केही जानकारी नभएको दाबी गर्दै आगामी पञ्चायत बैठकमा यस विषयलाई अवश्य उठाउने आश्वासन दिए।

गयेरकाटा नागरिक मञ्चका सचिव सञ्जय देवनाथले बताए, नेताजीको प्रतिमा छेउछाउ साँझ पर्नसाथ लटरीका पसलहरू फिजिएको हुन्छ र मानिसहरूले पनि त्यहाँ मैला फाल्दछन्। स्वतन्त्रता दिवस, नेताजी जयन्ती, कुनै पनि अवसरमा श्रद्धाञ्जलि दिइँदैन। यो अत्यन्त दुःखको कुरा हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande