बोडोल्याण्ड सीईएम कप फुटबल प्रतियोगिताको समापन, मुख्यमन्त्रीले सबैभन्दा ठूलो स्टेडियम बनाउने घोषणा गरे
बोडोल्याण्ड सीईएम कप फुटबल प्रतियोगिताको समापन, मुख्यमन्त्रीले सबैभन्दा ठूलो स्टेडियम बनाउने घोषणा गरे


कोकराझाड़ (असम), 16 जुलाई (हि.स.)। बीटीआर सरकारको तत्वावधानमा आयोजित प्रथम बोडोल्याण्ड सीईएम कप फुटबल प्रतियोगिताको समापन समारोह गए मंगलवार राती कोकराझाड़स्थित साई स्टेडियममा हजारौं फुटबल प्रेमीहरूको उपस्थितिमा सम्पन्न भयो।

मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले कचुगाउँ र काजल गाउँ परिषदीय क्षेत्रबीच खेलिएको यस फाइनल म्याचको शुभारम्भ गरे। यस अवसरमा बीटीआर प्रमुख प्रमोद बोड़ो, असमकी खेल मन्त्री नन्दिता गार्लोसा, मन्त्री यूजी ब्रह्म, सांसद जयन्त बसुमतारी सहित बीटीआरका केही कार्यकारी सदस्यहरू उपस्थित थिए भने सबैले मुख्यमन्त्रीसित खेलको आनन्द उठाए।

मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले यस अवसरमा घोषणा गरे, कोकराझाड़मा 125 करोड़ रुपियाँको लागतमा असमकै सबैभन्दा विराट फुटबल स्टेडियम बनाइनेछ।

उल्लेखनीय छ, गत 14 जूनदेखि शुरू भएको यस प्रतियोगितामा वीसीडीसी स्तरदेखि लिएर फाइनलसम्ममा 3760 वटा टीम अनि 67,680 जना खेलाड़ीहरूले अंश ग्रहण गरे।

फाइनल प्रतियोगितामा कचुगाउँ परिसदीय टीमले काजलगाउँ परिषदीय टीमलाई 2-0 गोलले परास्त गरी विजेताको खितात हत्यायो। विजेता टीमलाई डेढ़ लाख रुपियाँ र ट्रफी उपविजेता टीमलाई एक लाख रुपियाँ र ट्रफी प्रदान गरियो।

बीटीआर प्रमुख प्रमोद बोड़ोले प्रतियोगिताको सफलतामाथि खुशी व्यक्त गर्दै यसको निम्ति मुख्यमन्त्री डा. शर्मालाई धन्यवाद दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande