आईआईएम जोका मामिलाः पुलिसलाई पीड़िताको आचरण शंकास्पद लाग्यो
आईआईएम जोका मामिलाः पुलिसलाई पीड़िताको आचरण शंकास्पद लाग्यो


कोलकाता, 16 जुलाई (हि.स.)। आईआईएम जोका परिसरामा एकजना युवतीसित भएको कथित दुष्कर्मको मामिलामा जति-जति जाँच अगाड़ि बढ़्दै गइरहेको छ उति-उति नै पुलिसको लागि मामिला गाँठो पर्दै गइरहेको छ। सम्बन्धित अधिकारीले बुधवार बताए, पीड़िताको दाबीलाई लिएर नयाँ शिराबाट जाँच शुरू गरिएको छ र अहिले उसको भूमिका पनि संदिग्ध लाग्न थालेको छ। गत सोमवारपछि मंगलवार पनि पीड़िता गोपनीय बयान दिनको लागि अलिपुर अदालतमा आइन। पुलिसले बतायो, लगातार सम्पर्क गर्ने चेष्टा गर्दा पनि उसित सम्पर्क हुन सकेको छैन।

एसआईटी अधिकारीहरूको असन्तुष्टि, पीड़िताले सहयोग गरिरहेकी छैन-विशेष जाँच टीम (एसआईटी)-सित सम्बन्दित अधिकारीहरू अनुसार पीड़िताको तर्फबाट लगातार सहयोग प्राप्त भइरहेको छैन जसबाट जाँचको दिशा प्रभावित भइरहेको छ। पुलिस सूत्रको भनाइ छ, यस किसिमको व्यवहारले सन्देहको स्थिति उत्पन्न गरिरहेको छ। पछिल्लो शनिवार अलिपुर अदालतमा पीड़िताको बयान दर्ता गर्नुथ्यो, उ आइन। मंगलवार पनि यस्तै स्थिति रह्यो। यहाँसम्म दक्षिण 24 परगनास्थित उसको घरमा पुग्दा पुलिसलाई निराशा हात लाग्यो।

गत शुक्रवार आईआईएम जोकाको होस्टेलमा युवतीसित दुष्कर्म भएको सिकायत दर्ता गरिएको थियो। त्यसपछि हरिदेवपुर थानाको पुलिसले दोस्रो वर्षका एमबीए छात्र परमानन्द महाबीर टोप्पनाबर उपनाम परमानन्द जैनलाई ‘लेक भ्यु’ होस्टेलको कोठा नम्बर-151 बाट पक्राउ गऱ्यो।

पुलिस अनुसार सिकायत दर्ता भएदेखि नै पीड़िता मेडिकल जाँचको निम्ति तयार भएकी छैनन्, न त उसले कपड़ा दिएकी छे जसलाई डीएनए परीक्षणको लागि पठाउन सकियोस्। त्यसैले अब पुलिसलाई आरोपीको कपड़ाको माध्यमबाट फोरेन्सिक जाँच गराउन परिरहेको छ।

मादक द्रव्यहरूको सेवनको एंगल पनि जाँचमा-पीड़िताले आरोप लगाएकी थिइन्, उसलाई नशालु पदार्थ खुवाएर उसित दुष्कर्म गरियो। यस आदारमा पुलिसले आरोपी र पीड़िताको मोबाइल कल रेकर्ड, सोशल मीडिया च्याट्स तथा घटनास्थलबाट लिइएको खाद्य पदार्थ र पानीको नमूनलाई फोरेन्सिक जाँचको लागि पठाइएको छ। पुलिसले आरोपीसित घटनास्थलमा पुगेर क्राइम सीनको पुनर्निर्माण प्रक्रिया पनि गरिरहेको छ।

के बनावटी हो पीड़िताको कथा? पुलिसले यस्तो कुनै पनि सम्भावनालाई अस्वीकार गरिरहेको छैन-जाँच अधिकारीहरूको मान्यता छ, यस मामिलामा पीड़िता पुलिसदेखि टाड़िनु तथा लगातार अदालतमा अनुपस्थित रहनुले मामिलालाई झन् संदिग्ध बनाइरहेको छ। यस अतिरिक्त पीड़िताका पिताले पनि दाबी गरेका छन्, उनीहरूकी छोरीसित केही पनि भएको छैन जबकि उ अटोबाट लड़ेकी थिई। यो सम्पूर्ण मामिला एकतर्फी कथा त होइन जसलाई पछि परिवर्तन गरिएको हो, पुलिसले यसको जाँच गरिरहेको छ। तथापि पुलिसले यस मुद्दालाई संवेदनशील मान्दै सतर्कतापूर्वक हरेक पाटो र पक्षको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande