रांके मेलाको चौथो दिन अन्तर-विद्यालय म्याराथन सम्पन्न
रांके मेलाको चौथो दिन अन्तर-विद्यालय म्याराथन सम्पन्न


नाम्ची, 16 जुलाई (हि.स.)। नाम्चीमा जारी रांके मेला आज चौथो दिनमा प्रवेश गरेको छ। यस क्रममा आज नाम्ची जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई लिएर अन्तर-विद्यालय म्याराथन आयोजन गरियो। केटा र केटी दुवै वर्गको लागि आयोजित म्याराथनको शुरुवात नाम्चीस्थित सेण्ट्रल पार्कबाट गरियो।

केटा वर्गको म्याराथन सिङ्गीथाङ निर्वाचन क्षेत्रका ओएसडी एसडी लेप्चाले र केटी वर्गको म्याराथन नाम्चीकी जिल्लापाल अनुपा तामलिङले झण्डा हल्लाएर शुरुवात गरिन्। यस अवसरमा कला, संस्कृति एवं धरोहर बोर्डका चेयरमेन संजय दिलपाली राई, पार्षद तेन्जिङ नर्बु भोटिया र अतिथि धावक शान्तिराम नेपाल आदि उपस्थित थिए।

म्याराथन आयोजन गर्नुको मुख्य उद्देश्य विद्यार्थीहरू र जनसाधारणमा स्वस्थ जीवनशैली र मानसिकतालाई प्रवर्द्धन गर्नु रहेको थियो। म्याराथनका विजेताहरूलाई रांके मेलाको अ​न्तिम दिन पुरस्कृति गरिने बताइएको छ।

केटा वर्गमा रिकसाङ शेर्पा प्रथम, आदित्य छेत्री दोस्रो र प्रणय छेत्री तेस्रो भए। यसरी नै केटी वर्गमा रिया तामाङ प्रथम, आकांक्षा थापा दोस्रो र सेङचुला भोटिया तेस्रो भए। म्याराथनको आयोजना रांके मेला खेलकुद शाखाले राज्य खेलकुद एवं युवा मामिला विभागको प्राविधिक सहयोगमा गरेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande