- मुख्यमन्त्री पुगे स्पेन, निवेशकहरूलाई मध्यप्रदेशको सरल निवेश नीति बारे गराए अवगत
भोपाल, 16 जुलाई (हि.स.)। मुख्यमन्त्री डा. मोहन यादव गए मंगलवार राति दुबईदेखि विमान मार्फत स्पेनको म्याड्रिड पुगे। मुख्यमन्त्रीले मीडियासितको बातचितमा भने, मध्य प्रदेशलाई उद्योग सम्पन्न राज्य बनाउनको लागि उनको यो प्रवास दुबई जस्तै नै सफल हुनेछ। प्रधानमन्त्री मोदीको सशक्त नेतृत्वमा मध्य प्रदेश सहित भारतका सबै राज्यहरूले एउटै छातामुनि निवेश एवं उद्योगबाट रोजगार सम्पन्न बनाउनका लागि निवेशकहरूलाई आमन्त्रित गरिरहेका छन्।
मुख्यमन्त्रीले मध्य प्रदेशमा वैश्विक निवेश औ रोजगारका नयाँ अवसरहरूलाई सृजित गर्नका लागि त्यहाँका उद्योगपतिहरूलाई निवेशको लागि सरकारको सरल एवं उपयोगी नीतिहरू बारे अवगत गराउनेछन्। यसबाट प्रदेशको आर्थिक विकासले गति पाउनेछ। रोजगार सृजनसँगसँगै तकनिकी उन्नयन अनि संस्कृतिबाट अवगत भएर निवेशकहरूको माध्यमबाट मध्य प्रदेशलाई दीर्घकालीन लाभ मिल्नेछ।औद्योगिक विकास तथा आर्थिक रूपमा समृद्ध मध्यप्रदेश बनाउनमा उनको यो यात्रा व्यवहारिक साबित हुनेछ। मुख्यमन्त्रीले निवेशकहरूलाई पर्यटन, आईटी एवं अधोसंरचनाको क्षेत्रमा उद्योग स्थापना गर्नको लागि आकर्षित गर्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा