गान्तोक, 16 जुलाई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले बुधवार बिहान राजधानीको रिज पार्कबाट नाम्ची रांके मेला 2025 समारोह अन्तर्गत 'मोटो परेड' लाई झण्डा हल्लाएर प्रस्थान गराए।
कार्यक्रममा सिक्किमभरिका पञ्जीकृत मोटरसाइकल क्लबहरूलाई प्रतिनिधित्व गर्दै ठूलो संख्यामा पुरुष अनि महिला राइडरहरूको उत्साहजनक सहभागिता देखिएको मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। उनले नेपाल र असमका प्रसिद्ध मोटो-भ्लगरहरूलाई स्वागत जनाउॅंदै उनीहरूको सहभागिताले उत्साह र भावनालाई थप बढाएको बताएका छन्।
मुख्यमन्त्रीले सबै राइडरहरूलाई सुरक्षित र अविस्मरणीय यात्राको कामना गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल