स्वर्गीय नरबहादुर भण्डारी सिक्किमका वास्तविक शिल्पकार थिए: मुख्यमन्त्री तामाङ
स्वर्गीय नरबहादुर भण्डारी


गान्तोक, 16 जुलाई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका पूर्व मुख्यमन्त्री स्वर्गीय नरबहादुर भण्डारीको 8औं पुण्यतिथिमा गहिरो सम्मान एवं हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले स्वर्गीय भण्डारीलाई सिक्किमको इतिहासका सबैभन्दा दूरदर्शी र करिश्माई नेताहरू मध्ये एक बताउॅंदै उनलाई आधुनिक सिक्किमका वास्तविक शिल्पकारको संज्ञा दिएका छन्।

मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जालमा जारी आफ्नो सन्देशमा स्वर्गीय भण्डारीले सिक्किम र राज्यका जनताको सेवामा आफ्नो जीवन समर्पित गरे भन्दै मुख्यमन्त्रीको रूपमा उनको कार्यकालमा राज्यको राजनीतिक, सामाजिक र शैक्षिक परिदृश्यमा परिवर्तनकारी युगको सूत्रपात भएको बताएका छन्। उनले नेपाली भाषाको प्रवर्द्धन, ग्रामीण जनसंख्याको सशक्तिकरण र लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरणमा उनको अथक प्रयासले पुस्तालाई प्रेरणा दिइरहने उल्लेख गरेका छन्।

मुख्यमन्त्रीले एक सच्चा जननेता स्वर्गीय भण्डारीले जीवनका सबै क्षेत्रका नागरिकहरूसँग गहिरो सम्बन्ध स्थापित गरेको बताएका छन्। उनको विरासत सिक्किमेली जनताको मन र मस्तिष्कमा कुँदिएको छ भनी उनले बताएका छन्। उनले स्वर्गीय भण्डारीको योगदानको स्मरण गर्दै न्याय, समानता र प्रगतिका ती मूल्यहरूलाई कायम राख्न आफ्नो प्रतिबद्धता दोहोऱ्याएका छन्, जसको लागि उनी सदैव अभिएका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande