मुख्यमन्त्रीद्वारा स्वर्गीय सानु लामाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण
मुख्यमन्त्रीद्वारा स्वर्गीय सानु लामाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण


गान्तोक, 16 जुलाई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले नेपाली साहित्यका सबैभन्दा प्रतिष्ठित व्यक्तित्वहरू मध्ये एक, एक प्रतिभाशाली गीतकार र एक सच्चा देशभक्त पद्मश्रीले सम्मानित स्वर्गीय सानु लामाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। उनी आज स्वर्गीय गडुलसिंह लामा (सानु लामा) को आवासमा पुगेर दिवंगतप्रति आफ्नो हार्दिक श्रद्धाञ्जली अर्पण गरेको सामाजिक सञ्जालमा बताएका छन्।

मुख्यमन्त्रीले शोक सन्तप्त परिवार, प्रियजन र अनगिन्ती प्रशंसकहरूप्रति पनि आफ्नो गहिरो समवेदना व्यक्त गरेका छन्। उनले यो हाम्रो राज्यको लागि मात्र नभई सम्पूर्ण साहित्य जगतको लागि अपूरणीय क्षति हो भनी बताएका छन्। उनले दिवंगत आत्माको चिर शान्तिको लागि सर्वशक्तिमान ईश्वरसँग प्रार्थना गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande