गान्तोक, 16 जुलाई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्वमा तथा क्षेत्र विधायक जीटी ढुङ्गेलको विशेष मार्गनिर्देशनमा अप्पर तादोङ निर्वाचन क्षेत्रका नागरिकहरूले क्लिन अनि ग्रीन सिक्किमको अवधारणालाई प्रवर्द्धन गर्दै आजदेखि सडक किनारमा फूलका विरुवाहरू रोप्ने अभियान शुरू गरेका छन्।
यस कार्यमा सबैलाई श्रमदानको निम्ति आह्वान गरिएको अभियान अन्तर्गत मेरो रूख मेरो सन्तति, सिक्किम शिशु समृद्वि योजना, मेरो बाटो मेरो बोट, माई चाईल्ड फ्रम द वाईल्ड, सिक्किम पर्यावरण पर्व, एकदिन धरती माताको लागि जस्ता सिक्किम सरकारको पर्यावरणमुखी अभियान समावेश गरिएको एसकेएम प्रचार प्रसार प्रकोष्ठ अध्यक्षा रञ्जना प्रधानले आज प्रेस विज्ञप्तिमा बताएकी छन्।
सीएलसी अध्यक्ष बिमल ठटाल र मुख्यमन्त्रीका ओएसडी कर्मा सुब्बाको नेतृत्वमा शुरु गरिएको यो अभियान आगामी 26 जुलाईसम्म चल्नेछ। आजको यस अभियानमा आयुषका नवनियुक्त अध्यक्ष मनोज प्रधान, सीएलसी कार्यकारीहरू, पार्टी कार्यकर्ताहरू र समर्थकहरूको बाक्लो उपस्थिति थियो।
हिन्दुस्थान समाचार / बिशाल