सड़क दुर्घटनामा तृणमूल कार्यकर्ताको मृत्यु
सड़क दुर्घटनामा तृणमूल कार्यकर्ताको मृत्यु


पूर्व बर्दवान, 22 जुलाई (हि.स.)। कोलकाताको धर्मतलामा गए 21 जुलाईमा आयोजित तृणमूल कंग्रेसको शहीद दिवस सभाबाट फर्किने क्रममा सड़क दुर्घटनामा परी एकजना तृणमूल कार्यकर्ताको मृत्यु भएको छ। यो दुर्घटना पूर्व बर्दवान जिल्लाको नवाबहाट मोड़ नजिक भएको हो। मृत कार्यकर्ताको नाम मधुसूदन पाल (70) हो जो पश्चिम बर्दवानको कांकसा थाना अन्तर्गत विदबिहारको बेता क्षेत्र निवासी थिए।

प्राप्त जानकारी अनुसार शहीद दिवसको सभामा सामेल हुनका लागि कांकसा थाना अन्तर्गत विदबिहार बेता क्षेत्रबाट तृणमूल कार्यकर्ता अनि समर्थकहरू बसमा सवार भएर कोलकाता गइरहेका थिए। सभा समाप्त भएपछि सबै कार्यकर्ता आ-आफ्नो घर तर्फ प्रस्थान भए। साँझ तृणमूल कार्यकर्ताहरूले भरिएको बस नवाबहाट मोड़मा रोकिएको थियो। सोही समय मधुसूदन पनि बसबाट उत्रेर 19 नम्बर राष्ट्रिय राजमार्ग पार गरी एउटा पसल तर्फ गइरहेका थिए। एउटा द्रूत गतिको सरकारी बसले उनलाई ठक्कर दियो जसले गर्दा उनको घटनास्थलमै मृत्यु भयो।

घटनाको सूचना पाउनसाथ नवाबहाट थानाको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई जफ्त गरी पोस्टमर्टम गर्नको लागि बर्दवान मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो। पुलिस सम्पूर्ण मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande