कोकराझार, 22 जुलाई (हि.स.)। अवैध ड्रग्स कारोबार विरूद्ध एक ठूलो अभियानमा कोकराझार पुलिसले सोमवार राति कोकराझार शहरको न्यू ओवरब्रिज नजिक खारगाउँ क्षेत्रबाट एक संदिग्ध ड्रग्स तस्करलाई पक्राउ गरी सात कन्टेनरहरूमा संदेहजनक नशायुक्त सामग्री जफत गऱ्यो।
पक्रा परेको आरोपीको पहिचान कोकराझारको बरगढ़ निवासी 26 वर्षीय विल्सन बसुमतारीको रूपमा गरिएको छ। गुप्त सूचनाको आधारमा पुलिस टीमले विल्सनलाई घटनास्थलबाट पक्राउ गऱ्यो तथा ड्रग्स किन्न आएका अन्य तीन युवकलाई पनि हिरासतमा लिएर मामिलाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी