आआईटी खड़गपुरमा बीटेक छात्रको मृत्युमाथि जाँच समिति गठित
आआईटी खड़गपुरमा बीटेक छात्रको मृत्युमाथि जाँच समिति गठित


-जुलाईमा भएको चौथो 'अननेचुरल डेथ' मामिलाले संस्थानलाई झक्झकाइदियो

कोलकाता, 22 जुलाई (हि. स.)। आईआईटी खड़गपुरमा एकपटक फेरि छात्रको मृत्युले क्याम्पसमा शोक अनि चिन्ता व्याप्त भएको छ। चौथो वर्षका बीटेक छात्र ऋतम मण्डलको संदिग्ध परिस्थितिमा मृत्यु भएपछि संस्थानले एक दश सदस्यीय तथ्यान्वेषी समिति गठन गरेको छ जसले यस घटनाको पछाड़िका कारणहरूको गहिराईपूर्वक जाँच गर्नेछ। संस्थानका प्रवक्ता प्रतीक दामाले हिन्दुस्थान समाचार-लाई मंगलवार यस आशयको जानकारी गराए।

संस्थानका निदेशक सुमन चक्रवर्ती जसले हालैमा कार्यभार सम्हालेका छन्,- ले भने, समितिले शैक्षणिक, सामाजिक औ मानसिक पक्षहरूको जाँच गर्नेछ अनि यसै महिनाको अन्तसम्ममा आफ्नो सिफारिस सुम्पिनेछ। पुलिसले आफ्नो तर्फबाट जाँच गरिरहेको छ भने संस्थानले आन्तरिक स्तरमा समिति बनाएको छ।

निदेशक चक्रवर्तीले भने, ऋतम हाम्रो आफ्नो छोरा जस्तै थियो। उसको मृत्युले हामी अत्यन्त दुःखी भएका छौं। हाम्रो संस्थानले विद्यार्थीहरूमाथि कुनै पनि प्रकारको दबाव दिँदैन। हामीले यो बुझ्न आवश्यक छ कि अखिर यस्तो परिस्थिति किन आइलाग्यो।

21 वर्षीय ऋतम मण्डल जो म्याकेनिकल इञ्जीनियरिंगका छात्र थिए- लाई 18 जुलाईको दिन राजेन्द्र प्रसाद हलको होस्टेल रूममा फाँसीमा झुण्डिरहेको अवस्थामा भेटियो। उ गत 15 जुलाईको दिन दुई महिनाको छुट्टीपछि क्याम्पसमा पर्किएको थियो। त्यसबेला उसको रूममेट अभी होस्टेल आइपुगेको थिएन।

चक्रवर्तीले भने, हामीले यो सोच्नुपर्छ कि कतै कुनै सामाजिक कारण यस्तो घटनाको कारण बनिरहेको छैन? यदि कुनै व्यक्तिले यस्ता छात्रहरूलाई चरम मानिसक तनाउको बेलामा सहयोग गरे सायद यस्तो घटनालाई टार्न सकिन्छ।

आईआईटी खड़गपुर अनुसार ऋतमको मानसिक स्वास्थ्यलाई लिएर सार्थ काउन्सलिंग सेन्टरमा कुनै रेकर्ड दर्ता थिएन र विभागीय फ्याल्टी एडभाइजरले पनि उसको कुनै प्रकारको शैक्षणिक वा व्यक्तिगत समस्याको जानकारी दिएको थिएन। यो यस वर्षको जनवरीदेखि अहिलेसम्मको क्याम्पसभित्र भएको चौथो अप्राकृतिक मृत्युको मामिला हो।

यस्ता घटनाहरूलाई मध्यनजर गर्दै संस्थानले केही नयाँ पहल पनि शुरू गरेको छ। अब हरेक होस्टेल रूमको गेटमा बारकोड लगाइँदैछ जसलाई स्क्यान गरेर विद्यार्थीहरूले कुनै पनि समय काउन्सिलिंग सेवाको सम्पर्क नम्बर प्राप्त गर्न सक्नेछन्। यसबाहेक 'क्याम्पस मदर्स' नामक कार्यक्रम पनि शुरू गरिएको छ जसमा महिला फ्याकल्टी र स्टाफ सदस्यहरूले विद्यार्थीहरूलाई भावनात्मक मद्दत गर्नको लागि संरक्षकको भूमिका निभाइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande